छिः साहु जी !

yuvraj-column-669x1024

 

देशको वैद्धिकताको ठेक्का लिने, चौथो भए पनि सबैलाई दादागिरि देखाउने बलियो अङ्ग भएकोले,  उस्तै परे प्रधानमन्त्रि फेर्ने हैसियत राख्ने, कति दललाई टुक्र्याउने हैसियत राख्ने पत्रिका साहु बजारमै धनी-मानी भनेर चिनिन्छन। आम्दानी ठप्पै भए पनि दुई चार महिना पहिला कमाएको पैसो खर्च गरेरै कर्मचारी पाल्न उनीहरूले सक्छन।

सानेपा रिङ्गरोड बाहिरपट्टि एउटा गाडी मर्मत गर्ने ठाउँ छ, मैले तीन वर्ष देखि नियमित जाने गरेको । करीव ८-१० जना युवाहरूले काम गर्ने त्यो वर्कशप कोरोना-भयले दुई महिना बन्द भयो । अहिले यसो सानो तिनो काम मात्रै गरेर चल्दैछ, एक दुई जना युवा छन, अरू सबै घर तिर लागे।

त्यो वर्कशपका मालिक दाईसङ्ग मेरो राम्रै दोस्ती छ। दाईसङ्ग गफ चलि राख्दा मेरा एकजना पुराना मित्रको फोन आयो। मैले करीव तीन महिना पछि जुत्ताको गुदी (मोजा) लगाएको फोटो फेसबूकमा हालेको थिएँ त्यो देखेर अफिस शुरु भयो कि के हो भनेर हाई हेलो गर्न फोन गर्नु भएको रैछ।

सम्पादकहरू सबै साहुजीको सच्चा भक्त भएर साहु कै सुरक्षित नाफा जोगाइदिने योजनाको मतियार किन बने र पत्रकारलाई साथ दिएनन?

वहाँले भन्नु भयोः “तपाइँहरूले त बेलैमा छोडेर हिँड्नु भयो, हामी भावनामा बगेर मिडियामै केही गर्छौँ भन्दै बसियो, अहिले ४५ वर्षको भैयो, जागीर छ भन्ने कि छैन भन्ने थाहा छैन । ए, अनि थाहा पाउनु भयो हरिदाईले नि छोडे नि अन्नपूर्ण ।”

कुनै अनलाइन तिर समाचार त थियो रे, मेरी श्रीमतिले भन्दै थियिन तर मैले हेरेको थियिनँ। मैले  भनेः “हो र?” मित्रले भन्नु भयोः “हो नि ! त्यहाँ पनि हाम्रै रोग, कि मान्छे निकाल कि आधा तलव घटाऊ भने रे साहुले, कुरा मिलेन उनले छोडेछन”। मैले फेरि सोधेँः “तपाइँहरूको पनि के तलव घटाउने भए र?” उनले कान्तिपुर, नागरिक, अरू अरू मिडियाको नाम लिँदै सबै तिर उस्तै ब्यथा रहेको सुनाए। कसैको फागुनको तलव बाँकि रे, कसैको आधा तलव, कसैको जवर्जस्ती बेतलवी विदा।

मैले साँघु हो कि कुन चाहिँ पत्रिकाको अनलाइनमा देख्या थेँ बेतलवी विदा वस्न, आएको दिनको मात्रै तलव बुझ्न तयार रहन जस्तै के के आदेश आएको र सम्पादकले शिरोधार्य गरेको।

करीव १०-१५ मिनेटको गफ सकिए पछि मैले वर्कशप वाला दाईलाई सोधेँः ” तपाइँले आफ्ना कामदारहरूलाई कति दिन पाल्नु भयो?” काम विनै विचरा डेढ दुई महिना पालेर राख्नु भएछ र वीचमा लकडाउन खुकुलो भएकाबेला जानेहरूलाई बाटो खर्च र अरू केही रकम समेत दिएर पठाउनु भएको रैछ ।

एफएममा समाचार बन्द हुनासाथ एकलट पत्रकार निकालिए। शाही शासन थियो, विज्ञापन आजको जस्तै थियो।  हामीले स्वैच्छिक रुपमा चिया वापतको १५० रुपियाँ र टेलिफोन बापतको २५० रुपियाँ कटाएर साथीहरूलाई जागीरबाट ननिकाल्न दवाव दियौँ । ति साथी कतै त्यही मिडिया हाउसमा एड्जस्ट भए। सत्ता सङ्ग पौँठेजोरी खेल्दा कहिले सुखका दिन आए, कहिले दुःखका दिन आए । साहु र पत्रकार दुवै मिलेर त्ति दिन झेलेका हुन। जनआन्दोलनमा  पुलिसका डण्डाका सुम्ला धेरैका ढाडमा उठे । धेरै पत्रकारले साहुजीहरूलाई पावर हाउस डुलाए, सत्तासङ्ग सम्झौता गराए, शक्ति आर्जन गर्न मद्दत गरे, भलै ति बिचौलिया पत्रकार थिए। 

मैले ति मेरा पुराना मित्रसङ्ग भएको गफ सम्झिएँ , मेरो जस्तै वहाँको पेशा प्रतिको गर्व, दम्भ वा घमण्ड के के जाती हो सबै सम्झिएँ। प्रधानमन्त्रीसङ्ग मात्रै होइन राजाले शासन लिएका बेला मैमत्त भएका जर्नेलसङ्ग भएको वहाँको दोहोरी सम्झिएँ, कमल थापा, टङ्क ढकाल र श्रीष शम्शेरसङ्ग खेलेको पौँठेजोरी सम्झिएँ र जनआन्दोलन उत्कर्षमा भएको वा सकिएको कुन चाहिँ दिन हो हामी लगायत ति मित्र समेतलाई आन्दोलनकारीले वानेश्वरमा वोकेर कुदेको क्षण सम्झिएँ।  

जुन मिडिया अहिले ५० वर्ष हाराहारीका पत्रकारलाई ह्युमिलियट गर्दैछन, जागीर छोड्न बाध्य पार्ने गरी हुर्मत लिँदैछन ति मिडिया आफ्नै बाउको सम्पत्ति मान्ने ठूलो गल्ती मेरो पुस्ताले गरेको छ, पटक पटक साहुजीको व्यवहार देखेर पनि।

कान्तिपुर एफएममा शाही आक्रमण हुँदा अखिल र नेविसङ्घका नेतालाई घरघर गएर डाकी अक्षश्वर महाविहारमा थुपार्ने मध्येका साथी अहिले अर्ध मुर्छित जागीर लिएर घर बसेका छन। शाही आक्रमण विरुद्ध नेताको रखवारीका लागि भैँसेपाटी पुगेर आधा रातमा बामदेव गौतमलाई छोरा सहित लिएर आउने त म र उजीर मगर हौँ । दुवै अहिले ठूला मिडियामा छैनौँ । साहुजीहरूको झगडाका कारण वहाँहरूबाटै सिर्जित माओवादी कर्मचारीको एउटा जमातले कान्तिपुर प्रेसमा तार थुतेर परिसरमा टायर बाल्न खोज्दा माथिबाट झरेर त्यो जमातलाई गे्ट कटाउने पत्रकार सहित छन अहिले अर्ध वा बेतलवी विदा बसेर जागीरको अवसान कुर्दै घरमा बसेकाहरू। 

हरेक सुख दुःखमा साथ दिएका पत्रकारहरू आफ्नो मिडिया साहु टाट पल्टन लागे भने त्यति धेरै अमानवीय भएर जसरी भए पनि हामीलाई पाल भन्ने कोही नहोलान। तर के साहु टाटै पल्टन लागेका हुन? कि भदौ-१६ सिन्ड्रोम हो यो? मैले बुझ्न सकिनँ । 

वर्कशपबाट घर फर्किँदा चाहिँ मैले मिडिया उद्योगको निरिहताका कारण एकलै गम्दै फर्किएँ । हामी पत्रकार बढि रौसिएका हौँ कि, हाम्रा साहुहरूनै कमजोर धरातलमा छन जसले केही समय पछि पत्रिका बन्द गर्नुमा आफ्नो हीत देख्छन? मेरो दिमागमा यही प्रश्न धेरैबेर घुम्यो। 

हो मिडियामा लगानी गरेर धेरै टाट पल्टेका छन तर जसले मिडीयालाई आफ्ना अन्य अन्य व्यवसायको प्रवर्द्धन गर्न वा अरू धन्दा छोप्न प्रयोग गरेका छन। तर जसले यसैलाई आफ्नो व्यावसाय वा एक मात्र व्यवसाय बनाउँछु भनेर लागे, डूबेका छैनन। कान्त्तिपुर कुनै समयसम्म साहु जीहरूको एकमात्रै व्यावसाय थियो त्यसैले त्यो बखतसम्म सवै व्यावसायी भन्दा माथिको इज्जत थियो। केही महिना वा साल नागरिक त्यस्तै थियो, नयाँ पत्रिका थियो, द हिमालयन थियो र केही टिभि थिए।

जव साहुजीको आस्था यो मिडियागिरीमा सकियो, मिडियाको आम्दानी अन्यत्रै मोडियो, मिडियामा घाटा देखाउन थालियो र पत्रकार त्यसको मारमा परे। बेलामा तलब न आउने भए पछि उनीहरूले पनि साहुजीहरूको जस्तो साइड बिजिनेस गरे होलान। जे कर्म गरिन्छ त्यस प्रतिको सम्मान नभएकाले उब्जेको समस्या हो यो। अर्को साइड बिजिनेस मिडिया बिजिनेस भन्दा लाभदायी भए पछि ध्यान अन्यत्रै जानु स्वभाविक हो। र सबै साहुले भदौ -१६ पर्खिनु स्वभाविक हो। 

तर त्यो स्वभाविक मनोविज्ञान भित्र अस्वभाविक घटना देखिँदा आफूले आफ्नो जवानीको लामो कालखण्ड विताएको पेशावारे चासो बढ्ने रैछ। हुनत अहिले मेरो मिडियासङ्गको सम्बन्ध भनेको एउटा गुमनाम अनलाईनमा हप्ते लेख मात्रै हो। नत्र म शुद्ध पाठक। दुई चार वटा अनलाइन हेर्छु चिया पिउनु अघि।  प्रायः सबैमा समाचार आउनु अघि हरेक पेजको सिरानमा लामो समयसम्म गाडी कुद्छ, इन्टरनेट र बैङ्क घुम्छन, सिमेण्टी उफ्रिन्छ, एनसेलको अफर नाच्छ । त्यसको मतलव विज्ञापन नै नभएर समाचार मात्रैले अनलाइन भरिएका छैनन। दुईवटा पत्रिका  बिहानै हेर्छु, कालिकोट र दैलेखका १०-८ गाउँपालिकाको हात धुने सूचना छन, ८-१० जिल्लाका बोलपत्र आह्वान देखि खुल्ने मिति वारे सूचना छन। ति पनि रित्तै छैनन। शाही शासनका अघिल्ला केही हप्ता जत्तिको आत्तिनु पर्ने अवस्था त मैले देखेको छैन । त्यति हुँदा हुँदै पनि किन मिडिया साहुले या त पैसो दिएका छैनन, या आधा दिएर विस्तारै लज्जाबोध गरी पत्रकारले जागीर छोडून भन्ने व्यवहार देखाएका छन त?

न्दिरको भेटी समेत निश्चित अंश त्यही मन्दिरको मर्मत संभार वा विकासमा लगाइन्छ भने मिडिया हाउसको भेटीको केही अंश त्यही मिडिया हाउसको विकासमा लगाउनु पर्दैन? भएको आम्दानी जति अन्यत्रै डाइभर्ट गर्ने, आफू अरवका अमीरको जस्तो जीवन जिउने, आलिशान बङ्ला र गाडी खरिद्ने, १०० ऋण लिए ५० अन्तै लैजाने अनि बैङ्कको ऋण जति त्यो निरीह पत्रिकामाथि थुपार्ने गर्यो भने त्यो व्यवासाय माथि साहुको बेइमानी ठहर्छ। वहाँहरूले त्यसो नगर्नु भएको होला तर यस्तो आरोप आउने ठाउँ छन भने कुनै दिन ति बाहिर आउने छन। जागीर होस वा व्यापार आफूले त्यसलाई सम्मान दिन सकिन्न भने त्यसमा हात नहाल्नु।

मिडिया साहुका व्यवहार वारे सुने पछि मलाई ति वर्कशपवाला दाई प्रति श्रद्धा पलाएर आयो। मैले सोधेँः उनले कसरी पाले आफ्ना कामदार, कस्तो व्यवहार गरे र कसरी पठाए? “यस्तो आपत छ, उनीहरूले नै कमाएको हो, अलि अलि जम्मा भएको पैसो तिनलाई खुवाएँ, फेरि पहिले जस्तै दिन आएछन भने तिनैले कमाउँछन। के गर्ने पहिलेको नाफा निकाल्दै निकाल्दिन भनेर तिनलाई भोकै मार्नु त भएन नि” उनले थपे। महिनामा डेढ-दुई लाखको काम गर्ने एउटा वर्कशपले समेत कामदार प्रति गरेको दायित्व देखेँ तर  सम्मानित मिडियाहरूले आफ्ना स्वाभिमानी कामदारलाई कि तलव बिना काम गर, कि घरै वस बोलायौँ भने आउनू भन्ने आदेश दिए रे भन्ने सुने पछि मेरो मुखमा पानी पलाएर आयो, वर्कशपको बाहिर पट्टि प्याच्च थुकेँ ।

हो एउटा उमेर समूहमा पुगेपछि कामदारबाट चाहे जति काम लिन सकिन्न। तर त्यो पत्रकारको जिम्मा होइन। पुरानालाई कसरी फेज आउट गर्ने र नयाँ नयाँ मान्छे कसरी भित्र्याउने भन्ने त व्यवस्थापनको जिम्मा हो। त्यही भित्र प्रतिस्पर्धा तिब्र बनाएर काम गर्न सक्नेलाई राख्ने अरूलाई हटाउने पारदर्शी प्रकृया अवलम्बन गर्न कसैले रोकेको थियो र?  किन भदौ-१६ जस्तै घटना पर्खिनु पर्थ्यो र?

देशको वौद्धिकताको ठेक्का लिने पत्रिका छाप्नेहरूको दिमागमा ति दाईको जस्तो सोच पलायो कि होइन? मलाई थाहा छैन। चौथो भए पनि सबैलाई दादागिरि देखाउने बलियो अङ्ग भएकोले,  प्रधानमन्त्रि फेर्ने हैसियत राख्ने, कति दललाई टुक्र्याउने हैसियत राख्ने भएकोले  पत्रिका साहु बजारमै धनी-मानी भनेर चिनिन्छन। आम्दानी ठप्पै भए पनि दुई चार महिना पहिला कमाएको पैसो खर्च गरेरै कर्मचारी पाल्न उनीहरूले सक्छन। विश्लेषण गरेरै अव यस्तो अवस्था धेरै समय रहन्छ, पाल्न सकिन्न भन्ने लागे पारदर्शी तरिकाले ‘अव म पहिलेको कमाइबाट यति खर्च गर्छु, कोशिस गरौँ तीन महिनामा पनि स्थिति नसुध्रिए यहीँ भित्र यो यो क्राइटेरियाका साथी बाहिरिन्छन, अर्को तीन महिनामा यो यो क्याटेगोरीका निस्कन्छन’ भनिदिए धेरै गुनासो रहन्नथ्यो।  

त्यसैले मलाई साहुजीको नियतमाथि शङ्का लागेको हो। पत्रिकामा  बजारिया विज्ञापन आउन छोडेको एक महिना भित्र नै थलिएका हुन कि त्यो भित्र भदौ-१६ सिन्ड्रोम घुसेको हो?  भदौ-१६ सिन्ड्रोम २०५५ देखि २०७० बीचमा पत्रकारिता गर्ने जो कोहीलाई थाहा भएकोले व्याख्या चाहिएन। कुनै निहुँ पाए पत्रिकै बन्द गर्दिन्थेँ, अनि अन्यत्र गरेको लगानीले बाँकि जीवन शुखका साथ वस्थेँ भन्ने विचार राख्न पाउँछन साहुजीले, कानूनी रुपमा पनि वा अन्य कुनै आधारमा। तर नैतिक भन्ने मानिन्न। धेरै पत्रकार साहुजीहरूको बालापन देखि अहिलेको समृद्ध जीवन सम्मका सहयात्री छन। कम्तिमा तिनले आफ्ना साहुलाई अनैतिक मान्नेछन।

मिडिया हाउसमा सङ्कट आउँदा पत्रकार रमिते भएर बसेका छैनन। कतिपय घटनाको त आफैँ भुक्तभोगी पनि हुँ । एफएममा समाचार बन्द हुनासाथ एकलट पत्रकार निकालिए। शाही शासन थियो, विज्ञापन आजको जस्तै थियो।  हामीले स्वैच्छिक रुपमा चिया वापतको १५० रुपियाँ र टेलिफोन बापतको २५० रुपियाँ कटाएर साथीहरूलाई जागीरबाट ननिकाल्न दवाव दियौँ । ति साथी कतै त्यही मिडिया हाउसमा एड्जस्ट भए। सत्तासङ्ग पौँठेजोरी खेल्दा कहिले सुखका दिन आए, कहिले दुःखका दिन आए । साहु र पत्रकार दुवै मिलेर त्ति दिन झेलेका हुन। जनआन्दोलनमा  पुलिसका डण्डाका सुम्ला धेरैका ढाडमा उठे । धेरै पत्रकारले साहुजीहरूलाई पावर हाउस डुलाए, सत्तासङ्ग सम्झौता गराए, शक्ति आर्जन गर्न मद्दत गरे, भलै ति बिचौलिया पत्रकार थिए।  साहुजीको व्यवसाय र पत्रकारको पेशाको अनन्योआश्रित सम्बन्धको एउटा उदाहरण थिए यस्ता घटना।

अहिले कठीन क्षण आएको हो यसबाट पार पाउने योजना पत्रकार बीचैमा समेत छलफल गराएको भए बिग्रने थिएन। छ महिना यस्तै रह्यो भने गाह्रो छ भन्ने पत्रकारबाटै आत्मसात गरेर कुनै योजना आउन सक्थ्यो, जागीर कटौतीकै लागि मौन सम्मति आउन सक्थ्यो। यही निर्णय समेत जीवनको  सवै भन्दा कठीन घडी, घरमा थन्किएर बस्नु परेको महामारीको क्षणमा आहत दिने गरी आउँदैनथ्यो।

पत्रकारका जागिरे मनोवृत्ति केही हद सम्म दोषी होलान। एउटा ठाउँमा स्थायी भएपछि त्यो संस्थाले आफूलाई  जसरी पनि पाल्नु पर्ने सरकारी जागिरे मानसिकताले साहुजीहरूलाई आफ्नो संस्था चलायमान बनाउन केही हदसम्म रोकेको होला तर इमान्दार प्रयत्न भए यो ठूलो अबरोध हुन्नथ्यो। मैले माथि भने जस्तो आन्तरिक प्रतिस्पर्धा बढाएको भए निश्चित समय पछि एउटा तह स्वतः हट्दै जान्थ्यो।

तर समस्याको जड त्यसमा छैन। मिडिया उद्योग आफैँमा रोगी  छ र यसका साहु आफैँमा मनोरोगी छन। जसलाई आफ्नो व्यापार प्रति आस्था वा सम्मान छैन । मन्दिरको भेटी समेत निश्चित अंश त्यही मन्दिरको मर्मत संभार वा विकासमा लगाइन्छ भने मिडिया हाउसको भेटीको केही अंश त्यही मिडिया हाउसको विकासमा लगाउनु पर्दैन? भएको आम्दानी जति अन्यत्रै डाइभर्ट गर्ने, आफू अरवका अमीरको जस्तो जीवन जिउने, आलिशान बङ्ला र गाडी खरिद्ने, १०० ऋण लिए ५० अन्तै लैजाने अनि बैङ्कको ऋण जति त्यो निरीह पत्रिकामाथि थुपार्ने गर्यो भने त्यो व्यावसाय माथि साहुको बेइमानी ठहर्छ। वहाँहरूले त्यसो नगर्नु भएको होला तर यस्तो आरोप आउने ठाउँ छन भने कुनै दिन ति बाहिर आउने छन। जागीर होस वा व्यापार आफूले त्यसलाई सम्मान दिन सकिन्न भने त्यसमा हात नहाल्नु।

मेरो पुस्ताका धेरै पत्रकार साथीहरूबीच पटकौँ छलफल भएको विषय हो, जो पत्रकार भएर अन्यत्र लभ्र्याक-लुभ्रुक गर्छ त्यसको नतिजा भोलिपल्ट बिहानको पत्रिकामै देखिन्छ, लामो समय पर्खिनु नै पर्दैन। मेरो पुस्तामा जो जो पत्रकार पेशा भन्दा बाहिरबाट सानो तिनो आम्दानी गर्न लालायित भए तिनले प्रगति गरेनन । अहिले स्थिति फरक होला, मलाई थाहा छैन।  साहुजीमा पनि यो लागू हुन्छ। जहिले सम्म पत्रिकालाई इमान्दार व्यावसाय बनाए, ति साहु अजेय थिए। जव त्यसको आम्दानी अन्यत्रै लगेर ऋण जति पत्रिकामाथि थोपरे, ति साहु सम्पत्ति हुँदा हुँदै तिनको व्यवहार कङ्गाल भयो।

म जस्तो एउटा ले-मेनको दिमागमा त अनगिन्ति प्रश्न उब्जिन्छन भने अझै सकृय मिडिया-कर्म गर्नेहरू, मिडियाकै अध्ययन-अनुसन्धान गर्नेहरूको दिमागमा पनि यस्ता प्रश्न उब्जेका होलान।  एउटा चप्पल कारखानाले आफ्नो कर्मचारीलाई कोरोनाको लकडाउन भरि विश्वस्त बनाएर राख्न सक्यो, खुलेपछि काम पाउने आशा जगाउन सक्यो, र लकडाउन भरि केही राहत दिएरै राख्यो। तर मिडिया हाउसले त्यति किन गर्न सकेनन। सम्पादकहरू सबै साहुजीको सच्चा भक्त भएर साहु कै सुरक्षित नाफा जोगाइदिने योजनाको मतियार किन बने र पत्रकारलाई साथ दिएनन?

मलाई चाहिँ  यि सबै कुरा देखे पछि केही भन्न मन लागेन, छिःसाहु जी ।

प्रतिक्रिया