विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सोमबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सर्वोच्चको समस्या संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए । अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको भन्दै आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो मानसिकता खराब भएको बताए ।
उनले अरु निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने बताए।
प्रतिक्रिया