नेपाल विद्युत प्राधिकरण ३६ अर्ब ६७ करोड नाफामा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सञ्चित नाफा बढेर ३६ अर्ब ३७ करोड पुगेको छ।

बिहीबार नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गर्दै प्राधिकरणको कुल नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा महानिर्देशक कुलमान घिसिङले, विद्युत बिक्री तथा आयबाट गर्ने आम्दानी २ वर्षअघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको जानकारी दिए।

उनले भने,"विद्युत बिक्री तथा आयबाट गर्ने आम्दानी २ वर्ष अघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको छ। प्राधिकरणको संञ्चीत नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।"

उनले बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको पनि जानकारी दिए। विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको उनको दाबी छ।

उनले भने,"बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको छ। विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयाल्टी गरी ३० अर्ब जम्मा गरेका छौ।" (नेपाल न्यूज बैंक)

प्रतिक्रिया