माओवादीले अघि सारेको जातिय राज्यको दुष्परिणाम देखिन थाल्यो : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले, नेकपा माओवादीले जातिय  राज्यको अवधारणा अघि सार्दाको दुष्परिणाम अहिले समाजमा देखिन थालेको आरोप लगाएका छन् । 

संघीय संसद भवनबाट बाहिरिने क्रममा मंगलबार प्रतिक्रिया दिदै उनले माओवादीले जातिय विजारोपणलाई अघि सारेको र त्यसैको दुष्परिणाम समाजमा देखिन थालेको आरोप लगाए । 

उनले भने, ‘नेकपा माओवादीले जुन किसिमको जातिय राज्यको अवधारणा अगाडि सारेर एक प्रकारले विभाजनको विजारोपण ग¥यो त्यसको दुष्परिणामहरु अहिले देखिन थालेका छन् ।’ 

उनले सामाजिक द्वन्द्वतर्फ समाजलाई धकेल्ने काम तत्काल रोक्नुपर्ने उल्लेख गरे । 

त्यस्तै उनले तत्कालै कोशी प्रदेश सरकारमा सहभागि हुन नहुनेबारे राप्रपाले निर्णय गर्न हतार नगर्ने बताए । यथास्थितिमा कोशी प्रदेश सरकारमा सहभागि नहुने उनको दाबी छ ।  ‘अहिले हामीले कसैलाई सघाउने निणर्य गरेका छौंनौ, हतार गर्दैनौ ।’ उनले भने । 
 

प्रतिक्रिया