चोलेन्द्रविरुद्ध महाअभियोग लगाउन बारले माग्यो एमालेको सहयोग

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउन नेकपा एमालेको सहयोग मागेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ताका लागि सहयोग माग्दै केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा बारका पदाधिकारीले जबराविरुद्ध महाभियोग लगाउन माग गरेका छन् ।

भेटमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोग बिना महाअभियोग पारित हुन नसक्ने भएकाले महाअभियोग पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि प्रधानन्यायाधीशविरुद्ध प्रमुख पार्टी भएका हिसाबले एमालेले सहयोग गर्नुपर्ने बताएका थिए । जवाफमा अध्यक्ष ओलीले न्यायमूर्ति पनि आफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले न्यायपालिका निष्पक्ष नभएको भन्दै त्यसका लागि पनि आवाज उठाउनुपर्ने बताए । उनले भने,‘’सैद्धान्तिक रुपमा तपाईंहरुको कुरासँग असहमति जनाउनुपर्ने कुरा छैन। स्वच्छताको कुरा उठाउनु भयो निष्पक्षताको कुरा उठाउनुभएन। आफैं अधिवक्ता पनि भएर हो कि?’ उनले अहिले न्याय ध्वस्त भएको भन्दै यस स्थितिबाट न्यायालयलाई साच्चिँकैको स्वतन्त्रत, निष्पक्ष र स्वच्छ बनाउनुपर्ने बताए। न्यायालय निष्पक्ष नहुँदा अहिलेको स्थिति आएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया