काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच शहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले शनिबार एक समारोहका बीच औपचारिक उदाटन गरेका हुन ।
उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री प्रचण्ड लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति भएका थिए।
सन २०१५ सेप्टेम्बर १६ मा चीन एसियाली खेलकुद आयोजनाको लागि छनौट भएपनि कोरोनाका कारण सन् २०२२ सेप्टेम्बर १० देखी २५ सम्म हुने तय भएको प्रतियोगिता एक वर्ष धकेलिएको हो ।
आज औपचारिक सुरु भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ । प्रतियोगितामा ४५ एसियाली देशका १२ हजार खेलाडी सहभागी छन् ।
नेपालबाट २९ खेलमा भाग लिन साढे दुई सय खेलाडी सहभागी छन् । चीनले आयोजना गरेको यो तेस्रो एसियाली खेलकुद हो । यो भन्दा अगाडि बेइजिङमा तथा क्वाङ्चौमा एसियाली खेलकुद आयोजना भएको थियो ।
प्रतिक्रिया