काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदै छन्।
यही असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको ‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फरेन्स’ मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सैनिक मुख्यालयले जनाएको छ।
सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिहरुको सहभागीता रहने छ। सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुने बताईएको छ।
प्रतिक्रिया