काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीन गएका छन्।
मंगलबार साढे १२ बजेको उडानमा उनी चीन जान लागेका हुन्।
उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने बताएका थिए। क्रिकेट संघका पदाधिकारीहरुसँग थप छलफलपछि उनी मंगलबार चीनतर्फ जान तयार भएका हुन्।
एसियाडका लागि नेपाली टोली चीन गए पनि सन्दीप मुद्दाका कारण रोकिएका थिए। आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएको थियो।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया