काठमाडौं । अभिनेता हरिवंश आचार्यले सरकारले यातायातमा लगानी गर्न कन्जुस्याइँ गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० मा उनले कोही भिआइपी कतै सवारी हुन पुर्यो भने सबै सिस्टम नै अस्तवयस्त हुने गरेको बताए ।
‘यातायातको क्षेत्रमा सरकारले एक पैसा पनि खर्च गर्न सकेको छैन । हुँदाहुँदा हाम्रो देशमा ट्राफिक स्टेप नै छैन । गाडीहरु रोक्ने ठाउँ नै छैन । धेरै ठाउँमा बसस्टपहरु निर्माण गर्न सकिन्छ तर सरकार कस्तो कन्जुस छ भने सरकारले सरकारकै लागि पनि एक रोपनी जग्गा छोड्न सक्दैन ।’
उनले सबै देशहररुमा व्यवस्थित बस स्टपहरु हुने गरेको तर नेपालमा भएको बस स्टप पनि नाम मात्रको भएको बताए ।
काठमाडौंमा ट्राफिक व्यवस्थापन हचुवाको भरमा चलेको उनको भनाई छ । यस्तो अवस्थालाई सुधार गरेर व्यवस्थापन गर्नुपर्ने आचार्यको भनाइ छ । (नेपाल न्यूज बैंक)
प्रतिक्रिया