बझाङ भूकम्प : सडक अवरुद्ध हुनुका साथै दर्जनौ घर भत्किए, तस्विरहरु

 काठमाडौं । पश्चिम नेपालमा गएको दुई ठूला भूकम्पमा परी तीन जना घाइते भएका छन् । 

जयपृथ्वी नगरपालीकामा रहेको जाल्पा माविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । 

उनका अनुसार बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।  

साथै, भोजपुरको सत्यवादी माविमा अध्ययनरत दुई विद्यार्थी पनि घाइते भएका छन् । 

उनीहरुको जील्ला अस्पतालमा उपचार भैरहेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले जानकारी दिए । 
भूकम्पका कारण दर्जनौ घरमा क्षति पुगेको छ । 

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको हो ।

दुई ठूला भूकम्पले बझाङको चैनपुरमा रहेको धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ ।भोजपुर,बझाङ लगायतका पश्चिम नेपालका जिल्लाहरुमा भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । 

Photo (8)
Photo (7)Photo (6)Photo (5)Photo (4)Photo (2)Photo (1)

प्रतिक्रिया