रहिनन् प्रसिद्ध गायिका 'मेलोडी मुन' दिलमाया

प्रसिद्ध गायिका दिलमाया खातीको ८६ वर्षको उमेरमा दार्जीलीङमा निधन भएको छ । आफ्नै निवास दार्जीलीङको घुममा मंगलबार साँझ ९.३० वजे निधन भएको उनको पारिवारले जनाएको छ । सन् १९३७ अगस्ट ६ तारीखमा उनको जन्म भएको थियो । 

स्वर सम्राट नारायण गोपाल दिल मायाको ठूलो फ्यान थिए । स्वरसम्राट नारायण गोपालसँग "विछोडको पिडा नसकी खप्न दशैंको बेला तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा..." बोलको गीत गायकी दिलमायालाई "मेलोडी मुन" भनेर पनि चिनिन्छ । 

dilmaya

त्यसबेलाका बलिउडका सबैभन्दा प्रख्यात अभिनेता राज कपूर उनको गीत सुनेर प्रभावित भएपछि उनलाई बम्बई बोलाएर हिन्दी गीत गाउन पनि भनेका थिए । तर, विभिन्न कारणले गर्दा त्यसबेला सम्भव हुन सकेन । 

२०१८ सालमा दिलमायाले पहिलो पटक रेडियो नेपालमा गीत रेर्कड गराएकी थिइन् । त्यसबेला रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा स्वर्ण पदक जितेर पहिलो स्थान हासिल गर्न पनि सफल भएकी थिइन् ।

दार्जीलीङमा उनलाई ‘नाइटिङगेल अफ द हिमालय’ को उपाधि पनि दिइएको थियो ।
तेतीबेला उनको स्वरमा फिदा हुनेमा नारायण गोपाल मात्र नभएर बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, माधव घिमिरे र यदुनाथ खनाल जस्ता हस्तीहरु थिए ।

नेपाली संगीतप्रतिको समर्पण र योगदानका लागि उनलाई देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कारबाट सम्मानित गरिएको थियो ।
  
 

प्रतिक्रिया