‘अब ६५ कटेसी रमाउँला’ बुलेट आमा काठमाडौं । साठीको दशकताक नेपालमा ‘रातो सारी’ अभियान चलाएर विधवा तथा एकल महिलामा जागरण ल्याएकी पुष्पलता आचार्यलाई अचेल ‘बुलेट आमा’का नामले सबैले चिन्छन् ।
२०५९ सालमा पतिको देहावसानपछि पुष्पलताले सेतो परिहन लगाइनन् । अन्य विधवालाई पनि रातै सारी लगाउन प्रेरणा दिइन्, अभियान नै चलाइन् । पतिले उपहारका रुपमा दिएका रातो सारी, गहना र सिन्दुर पोते पतिको निधन हुनासाथ फाल्न नहुने, बरु त्यसमा सजिएर बस्नुपर्ने मान्यताकी पक्षपाती पुष्पलताले शोकलाई संघर्षमार्फत शक्तिमा रुपान्तर गर्दै हरेक क्षेत्रमा सफलता प्राप्त गरेकी छिन् ।
पुष्पलताको चर्चा त्यसबेला उत्कर्षमा पुग्यो, जब ६१ वर्षको उमेरमा उनले बुलेट बाइक चलाएर देश विदेशको भ्रमण गर्न थालिन् । बुलेट बाइकमा नेपालको झण्डा फहराउँदै पुष्पलता भारतको दिल्ली हुँदै आगरासम्म पुगेर आइसकेकी छिन् । नेपालमा हुने सामुहिक बाइक राइडीङमा प्रायः पुष्पलतालाई सहभागी भइहाल्छीन् ।
साइकल, कार, पजेरो आदि चलाएर अप्ठयारा अनि जोखीमपूर्ण ठाउँमा धेरैपटक यात्रा गरेकी पुष्पलता बुलेट बाइक चलाउन पाउँदा रोगसमेत निको हुने अनुभव सुनाउँछीन् । अहिले ६४ वर्ष पुगिसकेकी पुष्पलताको जोश जाँगरमा कुनै कमी आएको छैन । उनी सिर्जनात्मक काममा भिडिरहेकै हुन्छीन् ।
पति वियोगलाई धैर्य र साहसले मात्र हैन, साहित्यले पनि भुल्ने कोशीस गर्दै आएकी पुष्पलताका हालसम्म ६४ वटा साहित्यिक कृति प्रकाशीत भइसकेका छन् भने प्रकाशनका लागि नयाँ ५ वटा कृति तयार भइसकेका छन् । आफुले प्रकाशन गरेका पुस्तक देशका २२ जिल्लाका स्कूलमा लगेर विक्री बितरण गरेकी पुष्पलताले यो यात्राका बारेमा लेखेको पुस्तक ‘किताब यात्रा’ निकै चर्चित छ ।
किताब बेचर आएको रकम उनले विपन्न, जेहेन्दार र दलीत विद्यार्थीको पठन पाठनमा सहयोग गर्दै आएकी छिन् । पुष्पलताले के गरीनन् ? चलचित्र पनि बनाइन् । उनले निर्माण गरेका चलचित्र ‘गंगा’ र ‘बज्रपात’बाट भने उनलाई खासै नाफा भएन, बरु ६५ लाख रुपैयाँ डुब्यो । तैपनि उनलाई कुनै गुनासो छैन । चलचित्र क्षेत्रको अनुभव हासिल गरेकोमा उनी सन्तुष्ट छिन् ।
गीत सून्न मन पराउने पुष्पलताले २६ वटा लोकगितका एल्बम र दर्जन बढी आधुनिक गितका एल्बम बजारमा ल्याइसकेकी छिन् । उनले लेखेको चर्चित गित ‘बल्ल परेउ निरमाया माकुरी जालैमा’ अहिले पनि श्रोताको जिब्रोमा झुण्डीएकै छ । प्रस्तुत छ, साहित्यकार बुलेट आमासँग दृश्यटिभीका लागि कुसुम बिन्दासले गरेको व्यष्टि समष्टि कुराकानी ।
प्रतिक्रिया