काठमाडौं। काठमाडौं महानगरले नगरवासीको लागि स्वर्णिम योजना अन्तर्गत आरोग्य जीवन कार्यक्रम सञ्चालनमा ल्याएको छ।
निरोगी र दीर्घ जीवनका लागि नगरबासीको दैनिक जीवन आरोग्यपूर्णहोस् भन्ने उद्देश्यका साथ स्वर्णीम योजनाको रुपमा यो कार्यक्रम संचालनमा ल्याइएको महानगरले जनाएको छ।
कार्यक्रम अन्तर्गत वडा वडामा योग प्रशिक्षक निर्माण गरि टोल टोलमा आरोग्य नागरिक समुह मार्फत योग प्रशिक्षकहरुको क्षमता विकास तालिम गरेर परिचालन गर्न महानगरपालिका भित्रका ३२ वडा भित्रबाट योग क्षमता विकास तालिम को लागि महानगरले सूचना प्रकाशित गरेको छ।
प्रतिक्रिया