पुरस्कारको राजनीतिमा उपेक्षित आत्मसम्मान !

सन् १९१८ को कुरा हो। अल्बर्ट आईन्स्टाईनले भौतिक शास्त्रमा जे योगदान गरे, त्यसका बापत उनले नोबेल पुरस्कार पाउने कुनै छनक छन्द नै थिएन। तर आइन्स्टाईनको आत्मविश्वासलाई मान्नु पर्छ। यी उद्भट यहूदीको आफ्नी श्रीमती मिलेमा मारिक संग भावनात्मक दूरी बढेको बेला थियो। आइन्स्टाईन चाहन्थे, स्वास्नी भनेको घरपालुवा हुनुपर्छ। "मेरो सुविधाको कदर र व्यवस्थापन गर्नु उनको धर्म हो," उनको धारणा यस्तै थियो ।श्रीमती आइन्स्टाईनले पनि निहुँ खोजिन। उनको तर्क थियो, "मैले तिम्रा लागि आफ्ना सारा आकाँक्षालाई तिलाञ्जली दिएँ। तिम्रो कामलाई सहयोग पुर्याउन नोकर्नीको काम गरें। अब सक्दिन। मेरो भरण पोषणको जिम्मा जिम्मा तिमीले लिनुपर्छ।" आईन्स्टाईनले आफ्नी श्रीमतीलाई आम्दानी हुने काम गर्न छुट दिएका थिएनन्। मिलेमा मारिक् संग एक पैसा थिएन। 

अल्बर्ट आईन्स्टाईनको दम्भ बोल्यो, "ठिक छ। एकदिन म नोबेल पुरस्कार जितेरै छोड्छु। त्यो पैसाले म तिम्रो भरण पोषणको व्यवस्था गर्नेछु।"

नभन्दै सन् १९२२ मा अल्बर्ट आईन्स्टाईनलाई उनको सापेक्षताको सिद्दान्तका लागी नोबेल पुरस्कार प्रदान गरियो। उनले प्रमाणित गरेका थिए "शक्ति र घनत्व एउटै ढ्याकका दुई पाटा हुन्। एक थोपा पानीलाई यो सिद्दान्त अनुसार रुपान्तरित गर्नेहो भने यसले बीस हजार टन बराबरको शक्ति उत्पादन गर्न सक्छ।" उनको यो सिद्दान्त अनुसार युरेनियम वा प्लाटिनम धातुको एक सानो अंशबाट आणविक बम बनाउन सकिने भयो। यो शक्तिलाई मानवताको हितमा प्रयोग गर्न सकिन्थ्यो। तर यसको "सफल" प्रयोग भने विध्वंशमा खर्च भयो। सन् १९४५ मा अमेरिकी राष्ट्रपति हेनरी ट्रुम्यानको आदेशमा जापानको हिरोसिमा र नागासाकीमा भएको आणविक आक्रमणले शक्तिको अमानवीय दुरुपयोगको ईतिहास  स्थापित गरेरै छोड्यो। 

अल्बर्ट आईन्स्टाईनले नोबेल पुरस्कार बापत एक लाख एक्काइस हजार पांच सय बहत्तर स्वेडिश क्रोनर पाए। यो रकम उनले पाउने बार्षिक तलब भन्दा पचास गुणा बढी थियो। उनले यो पैसाले स्वीजरल्याण्डको जुरिकमा एउटा घर किने। त्यो घर भाडामा लगाए। यसले उनकी पत्नी र दुई छोराहरुको जीवन सहज तुल्यायो। 

नेपालमा पुरस्कार घोषणा, बितरण र त्यसपछिको दुन्दुभी हेर्दा सुन्दा मलाई हाँसो लाग्छ। ती मान्छेहरु जो सामाजिक संजालमा पदासिन शासक र उनका कृत्यको भत्सर्ना गरेर कहिल्यै थाक्दैनन्, उनैको हातबाट एउटा खास्टो ओढ्न र तस्वीर खिचाउन किन लालायित हुन्छन् ? किन उनीहरु हिजो जसलाई अपशगुन ठानेर गाली गर्छन् उनैको बाहुलीबाट "पुरस्कार" ग्रहण गर्दा कृतज्ञ भावले त्यो तस्वीर पोष्ट गर्छन् ? के हुन्छ त्यो बेला उनीहरुको आत्मसम्मानलाई? 

१९ औं शताब्दीमा अल्फ्रेड नोबेलको जन्म स्वीडेनका एक खानदानी व्यापारीका परिवारमा भयो। उनका पिता डाईनामाईट नामक विस्फोटक पदार्थबाट बनाउन सकिने जतिको बम उत्पादन गर्थे। समुन्द्र र जमीनमा ओछ्याउने "ल्याण्ड्माईन" को खेती उनको विशिष्टता थियो। आफ्नो उत्पादन अटोमान साम्राज्यको पतन हुनुअघि रुसी सेनालाई बेच्थे। अल्फ्रेड नोबेलले बाबुको मृत्यपछि पनि  आफ्नो खानदानी पेशालाई निरन्तरता दिए। अझ यसलाई परिस्कृत गरे। उनले बारुदलाई एउटा बट्टा भित्र दवावमा राखेर आवश्यकता अनुसार बिष्फोट गर्ने "फ्यूज क्याप" को आविष्कार गरे। यो प्रविधिले डाइनामाईट बिष्फोट गराउने सैनिकहरुको सुरक्षाको प्रत्याभूति मात्र गरेन, बारूदको बिष्फोट सयौं गुणा बढी शक्तिशाली हुनगयो। युद्दमा मर्ने मान्छेको संख्या दोब्बर हुनथाल्यो। 

१९ औं शताब्दीमा अल्फ्रेड नोबेलको जन्म स्वीडेनका एक खानदानी व्यापारीका परिवारमा भयो। उनका पिता डाईनामाईट नामक विस्फोटक पदार्थबाट बनाउन सकिने जतिको बम उत्पादन गर्थे। समुन्द्र र जमीनमा ओछ्याउने "ल्याण्ड्माईन" को खेती उनको विशिष्टता थियो। आफ्नो उत्पादन अटोमान साम्राज्यको पतन हुनुअघि रुसी सेनालाई बेच्थे। अल्फ्रेड नोबेलले बाबुको मृत्यपछि पनि  आफ्नो खानदानी पेशालाई निरन्तरता दिए। अझ यसलाई परिस्कृत गरे। उनले बारुदलाई एउटा बट्टा भित्र दवावमा राखेर आवश्यकता अनुसार बिष्फोट गर्ने "फ्यूज क्याप" को आविष्कार गरे। यो प्रविधिले डाइनामाईट बिष्फोट गराउने सैनिकहरुको सुरक्षाको प्रत्याभूति मात्र गरेन, बारूदको बिष्फोट सयौं गुणा बढी शक्तिशाली हुनगयो। युद्दमा मर्ने मान्छेको संख्या दोब्बर हुनथाल्यो। 

सन् १८८८ मा अल्फ्रेड नोबेलका भाईको मृत्यु भयो। एउटा स्थानीय समाचार पत्र झुक्कियो। त्यसले अल्फ्रेड का साटो उनको भाई लुड्भिकको मृत्यु भएको कुरा थाहा पाएन। अल्फ्रेड मरेको खबर छापिदियो। समाचारको शीर्षक थियो, "मृत्युको सौदागरको मृत्यु !"  पहिलो अनुच्छेदमा लेखिएको थियो, "अल्फ्रेड नोबेल, जसले मान्छेलाई सबैभन्दा छिटो मार्ने तरिका पत्ता लगाए, आज मरेका छन्।"

अल्फ्रेड नोबेललाई यो समाचारले धक्का लाग्नु स्वाभाविक थियो। उनलाई भोलीको समाजले आफूलाई कसरी सम्झिनेछ भन्ने चिन्ताले सतायो। उनी पढेलेखेका मान्छे थिए। संसारमा जति पनि छल, ढाँट र शोषण हुन्छ, त्यसमा पढेलेखेकै मान्छेको भूमिका अग्रणी छ। तर तीनै मान्छेको चेत खुलेको अवस्थामा सोचले सकारात्मक कोल्टे फेर्न पनि सक्छ। अल्फ्रेड नोबेलले आफ्नो सम्पूर्ण सम्पत्तिको ९५ प्रतिशत एउटा ट्रष्टमा जम्मा गरे। यसले विश्वमा शान्ति, बिज्ञान र मानवताको क्षेत्रमा उल्लेखनीय योगदान गर्नेहरुलाई प्रोत्साहित गर्ने र आफ्नो लक्षमा पुग्न कसैप्रति सम्झौता गर्नु नपरोस भन्ने उद्देश्यले पुरस्कारको रकम पनि यथेष्ट राखिदिए। बीसौं शताब्दीको शुरुवातमा, सन् १९०१ देखि नोबेल पुरस्कार प्रदान गर्न शुरु भयो। 

पुरस्कार लिनु दिनु अभिमान र आत्मरति हो वा परोपकार? यो श्रष्टा र अभियन्तालाई प्रोत्साहन हो वा पैसावालको तुजुक? अक्सफोर्ड बिश्वबिद्यालयले आफ्नो शब्दकोषमा परोपकारी काम संग अल्फ्रेड नोबेलको नाम जोडेर "नोबेल" शब्दलाई परोपकारको अर्को नाम दियो। नेपालमा कुन पुरस्कारले त्यो हैसियत बनाएको छ ? पुरस्कार दिनेहरु आफ्नै कारणले पुरस्कार दिन्छन। पुरस्कार ग्रहण गर्नेहरुले आफ्नो आत्मसम्मानलाई साक्षी राखेर यो प्रश्नको उत्तर खोज्नु जरुरी छ। 

तर नोबेल पुरस्कार विवादरहित छैन। यसलाई जातिवादी, रंगभेदी र "युरोसेण्ट्रिक" हुनेगरेको आरोप लाग्दै आएको छ। पश्चिमा अजेण्डालाई प्रसारित र प्रचारित गर्न नोबेल पुरस्कारको दुरुपयोग हुँदै आएको दावी गर्नेहरु पनि छन्। स्वीडेन भित्रै नोबेल पुरस्कार ममिटीलाई आफ्ना नागरिकको अनादर गरेर बिदेशीको "चाकरी" गरेको आरोप पनि लागेको हो। सन् १९१९ मा स्वीडेनका कवी एरिक एक्सल कार्ल्फ़िल्डलाई साहित्यमा यो पुरस्कार पनि दिईयो। तर उनले अस्वीकार गरिदिए। उनलाई मरणोंपरांत सन् १९३१ मा फेरी यो पुरस्कार दिएर जनताको चित्त बुझाईयो। 

सन् १९५८ मा रुसी साहित्यकार बोरीस पस्टर्नाकलाई प्रदान गरिएको नोबेल पुरस्कार तत्कालीन सोभियत संघले जबर्दस्ती बहिष्कार गरायो। यतिमात्र होईन, पास्टर्नाकको चर्चित पुस्तक डाक्टर जीभागोलाई नै प्रतिबन्धित गरिदियो। सन् १९६४ मा फ्रान्सेली लेखक दार्शनिक ज्याँ पाउल सार्त्रले आफूलाई साहित्य विधामा दिईएको पुरस्कार बहिष्कार गरे। उनको मत थियो, "मलाई औपचारिक मान पदवी र अलंकारमाथि कुनै लगाव छैन। म मेरो बिचार संस्थिकृत भएको पनि हेर्न सक्दिन।"

सन् १९७० को दशकमा शीत युद्दको प्रभावले भियतनाम युद्दको दावानल एक अन्तर्राष्ट्रिय समस्या बनेको थियो। नोबेल पुरस्कार कमिटिलॆ भियातानामका लोकप्रीय कूटनीतिक अभियन्ता ले दक् ठो र अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरलाई संयुक्त रुपमा शान्ति पुरस्कार दिने घोषणा गर्यो। ले दक् ठोले तुरुन्तै यो पुरस्कार बहिष्कार गर्ने घोषणा गरे। उनको दावी थियो, "रिचर्ड निक्सन शान्ति अभियन्ता होईन, युद्द अपराधी हुन्। उनको रणनीति अनुसार भियतनाम, कम्बोडिया र लाओसमा भएको नरसंहारको पृष्ठभूमिमा किसिन्जर यो पुरस्कारका लागि योग्य छैनन्। म उनीसंग यो पुरस्कार बाँड्न सक्दिन। मेरो नैतिकताले दिंदैन।"

शान्तिका लागि नोबेल पुरस्कार पाउने यासेर अराफातले जीवनकाल भरि प्यालेस्टाईनी स्वशासनका लागि हिंसाको बाटो त्यागेनन्। म्नोबेल शान्ति पुरस्कारबाट विभूषित म्यान्मारकी नेतृ आंग सान सूची सत्तामा हुँदा उनले अल्पसंख्यक रोहिन्ग्या मुसलमान समुदाय बिरुद्द चलाएको नश्लीय दमन अझै ताजा छ। 

यस्ता उदाहरणले नोबेल पुरस्कार व्यक्तिको योगदान भन्दा पश्चिमा लयमा नाच्न सक्नेलाई उचालेर आफ्नो स्वार्थ सिद्द गर्ने प्रपंचमा बढी ईच्छुक छ भन्ने भाष्य लाई बल पुगेको छ। 

सन्दर्भ नेपालको 

नेपालमा पुरस्कार घोषणा, बितरण र त्यसपछिको दुन्दुभी हेर्दा सुन्दा मलाई हाँसो लाग्छ। ती मान्छेहरु जो सामाजिक संजालमा पदासिन शासक र उनका कृत्यको भत्सर्ना गरेर कहिल्यै थाक्दैनन्, उनैको हातबाट एउटा खास्टो ओढ्न र तस्वीर खिचाउन किन लालायित हुन्छन् ? किन उनीहरु हिजो जसलाई अपशगुन ठानेर गाली गर्छन् उनैको बाहुलीबाट "पुरस्कार" ग्रहण गर्दा कृतज्ञ भावले त्यो तस्वीर पोष्ट गर्छन् ? के हुन्छ त्यो बेला उनीहरुको आत्मसम्मानलाई? 

हरि अधिकारी नेपालमा हाम्रो समयका एक मूर्धन्य साहित्यकार मात्र होईनन्, प्रखर र घोचिलो कलमका धनी पत्रकार पनि हुन्। यसै सन्दर्भमा उनको बिचार जान्ने चेष्टा गरें। 

"खेदको विषय, संसारभरि दिइने अधिकांश पुरस्कारका निर्णायकहरूले अपजसको भारी कम गर्नेतिर भन्दा आफ्ना राजनीतिक एजेण्डा चलाउने, जातीय वा वर्गीय प्रभूत्व लाद्ने र विश्व मानवताको एउटा विशाल हिस्सालाई निषेध गर्ने दुष्ट-नीति अख्तियार गर्दै आएको देखिन्छ । प्रशिद्ध नोबेल पुरस्कारको हकमा पनि मेरो यो निश्कर्ष धेरै हदसम्म मिल्छ भन्ने मलाई लाग्दछ । डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले स्थापना गरेको त्यो पुरस्कारहरूमध्ये साहित्यको पुरस्कारको इतिहासको अध्ययन गर्दा थाहा हुन्छ पुरस्कारको निर्णायक संस्था स्विडिस एकेडेमी अफ आर्ट्स एण्ड लिट्रेचर युरोअमेरिकन लेखकहरूप्रति बढी नै अनुग्रह राख्दछ । विशेषगरी भारतीय भाषाका लेखकहरूप्रति त्यो संस्था अनुदार छ । मैले पढेका भारतीय भाषाका दर्जनौँ लेखकका अनेक कृतिहरू आधाभन्दा बढी नोबेल पुरस्कृत  युरो-अमेरिकन लेखकका कृतिहरूभन्दा उपल्लो कोटीका छन् । साहित्यतर्फको नोबेल पुरस्कारका हकमा कुनै राम्रो कुरो होइन," अधिकारीको मत छ। 

अनि नेपालका पुरस्कार बारे? अधिकारी भन्छन्, " मदन पुरस्कार लगायत नेपालका अधिकांश साहित्यिक पुरस्कारहरू पुरस्कार नभएर तिनका सञ्चालकहरूले मनलाग्दी किसिमले बाड्ने बक्सिसमा परिणत भएका छन् । आक्कल-झुक्कल राम्रा कृति वा व्यक्तिले पाउने गरेको भएपनि मदन पुरस्कार ७० प्रतिशत भन्दा बढी अयोग्यको हातमा पुगेको देखिन्छ, सौजन्य: आ.दी. घराना।" 

सरकारले बिभिन्न उत्सवमा बाँड्ने गरेको पुरस्कार, मान सम्मान र उपाधिका बारेमा अधिकारीको कथन छ, “नेपालमा सरकारले बाड्ने पुरस्कारको त चर्चा गर्नु नै बेकार छ । आज देशको राजनीतिको जुन दुर्गति  भएको छ, त्यसको प्रतिछायाँ हाम्रो राष्ट्रिय जीवनको सबै क्षेत्रमा परेको छ । साहित्य र कलाको क्षेत्रका प्रतिभाहरूलाई दिइने पुरस्कार र सम्मानको दुरुपयोग हुनुको कारण पनि यही हो । 

नेपालमा अहिले कम्युनिस्टहरूलाई मात्रै दिइने पुरस्कार छन्, सेतामगुरालीहरू मात्र दिइने पुरस्कारहरू छन्, नेवारलाईमात्रै दिइने पुरस्कार छन् र मधेसीलाई मात्रै दिइने पुरस्कार पनि छन् । छैनन् भने स्वाभिमानी लेखक-कलाकारहरूलाई दिइने कुनै पुरस्कार छैनन्।” 

“संसारका कुनै पनि देशमा कुनै पनि विषय र विधामा दिइने पुरस्कार, तक्मा, मान, सम्मान, पदवी, बक्सिस र इनाम पूर्णत: विवादरहित हुन सम्भव छैन । पुरस्कार पाउनयोग्य धेरैजना पात्रमध्येबाट एक दुईजनाको चयन गर्नुपर्ने भएकोले पनि त्यस्तो छनौटले विवाद निम्त्याउने गरेको हो । 

यो भयो पुरस्कारसँग स्वाभाविक रूपले जोडिएर आउने अपजसको जड कुरो । यस तथ्यको प्रकाशमा हेर्दा पुरस्कारका निर्णायकहरूले विवेकको उच्चतम प्रयोग गरेर कमभन्दा कम अपजस पाउने गरि निर्णय लिने प्रयत्न गर्नुको कुनै विकल्प छैन भन्नूपर्ने देखिन्छ।”

हरि अधिकारीको यो कथन प्रति असहमत हुन कमसेकम मलाई संकोच लाग्यो। तर एकजना नेपाली उदियमान साहित्यकारसंग मैले सम्पर्क गर्दा उनको पहिलो शर्त थियो, "दाईसंग म कुरा त गर्छु, तर मलाई कोट चाहिं नगर्नुहोला है प्लीज। दाईको संगतमा छु भन्ने थाहा पाए भने मलाई दश हजारको पुरस्कार पनि दिंदैनन्।" उनको यो भीरु तर ईमान्दार कुरा सुनेपछि मैले सोधें ,"नेपालमा अहिलेसम्म कतिओटा पुरस्कार स्थापना भए होलान्? कुनै अड्कल छ?"

"अहिले नेपाली भाषामा जतिओटा यू ट्यूब च्यानल र अनलाईन पोर्टल छन्, ती भन्दा बढी पुरस्कार होलान् दाई," उनले सजिलो उत्तर दिए। 

पुरस्कार लिनु दिनु अभिमान र आत्मरति हो वा परोपकार? यो श्रष्टा र अभियन्तालाई प्रोत्साहन हो वा पैसावालको तुजुक? अक्सफोर्ड बिश्वबिद्यालयले आफ्नो शब्दकोषमा परोपकारी काम संग अल्फ्रेड नोबेलको नाम जोडेर "नोबेल" शब्दलाई परोपकारको अर्को नाम दियो। नेपालमा कुन पुरस्कारले त्यो हैसियत बनाएको छ ? पुरस्कार दिनेहरु आफ्नै कारणले पुरस्कार दिन्छन। पुरस्कार ग्रहण गर्नेहरुले आफ्नो आत्मसम्मानलाई साक्षी राखेर यो प्रश्नको उत्तर खोज्नु जरुरी छ। 

 

 

 

 

   

प्रतिक्रिया