पूर्वराज दम्पतीले सर्वसाधारणलाई टिका लगाइदिने

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन्।

शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा विजयादशमीको दिन अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो। 

यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ। पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन् । (नेपाल न्यूज बैंक)

प्रतिक्रिया