‘मन्त्री बन्ने रहरले राजनीति गरेको होइन’: सीके राउत

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचन जित्ने र मन्त्री बन्ने मात्रै रहर नभएको बताएका छन्।

Photos (2)तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्व २०८० को अवसरमा शुभकामना चियापान कार्यक्रममा उनले मन्त्री बन्ने मात्रै आफ्नो रहर नभएको बताए। उनले दीर्घकालिन योजनाका साथ देश विकासमा आफू अघि बढेको बताए।

उनले भने, “यो निर्वाचन जित्ने मात्रै रहर होईन, मन्त्री बन्ने मात्रै पनि रहर होईन, मन्त्री बन्ने भए म बनिसक्थे, मन्त्री बन्ने मात्रै रहर नभएको हुनाले हामी अझ दीर्घकालिन योजनाका साथ अघि बढ्दै छौं । यसमा सबैको साथ सहयोग आवश्यक छ।”

Photos (1) (1)उनले संसदीय व्यवस्था नामको मात्रै भएको भन्दै दुई, तीन जना नेताले जे निर्णय गर्छन् त्यही लागू हुने व्यवस्था विद्यमान रहेको बताए। 
जनमत पार्टीले एक दशकभन्दा बढि संघर्ष गरेर, जनताको भावना बुझे उठाएको पार्टी भएको भन्दै पार्टी जनताको मत अनुसार चल्ने पनि उनको भनाई छ।

उनले भने, जुन संसदीय व्यवस्था भन्ने गरिन्छ, तर त्यहाँ संसदले भनेको केही कुरा लागू हुँदैन। दुई, तीन जना नेताले जे निर्णय गर्छन्, त्यही कुरा लागू हुने व्यवस्था विद्यमान छ। दुई, चारजना नेताले मात्रै ३० वर्ष देश चलाईरहेको छन्। त्यसलाई चिर्नको लागि जनताले के चाहेको हो। जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा यी सबै कुरा चाहेको हो, त्यो कुराहरुलाई सम्बोधन गर्न, जनताको मत अनुरुपको पार्टी जनमत पार्टी हो।

Photos (3)उनले आगामी दिनमा जनमत पार्टी देशको भविष्य बन्ने हिसाबले वैकल्पिक रुपमा स्थापित भएको भन्दै पुरानो पार्टीबाट दिक्क भएका जनताले जनमत पार्टीमा आशा राखेका बताए।

Photos (4)राउतले भने, “आगामी दिनमा जनमत पार्टी देशको भविष्य बन्ने हिसाबले वैकल्पित रुपमा स्थापित भएको छ। पुरानो पार्टीबाट दिक्क भएका जनताले हाम्रो पार्टीमा आशा राखेका छन्। त्यो आशा भएपछि हाम्रो काँधमा एउटा ठूलो जिम्मेवारी हुन्छ कि हामीले जनताको इच्छा अनुसार काम गर्ने र विकासको काम गर्न सक्नु पर्छ। त्यही कारण जनमत पार्टीलाई राष्ट्र व्यापी रुपमा विस्तार गर्दै छौ। विशुद्ध रुपमा देशको विकासको लागि लागिरहेका छौं यसमा सबैको साथ सहयोग आवश्यक हुन्छ।”  (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया