काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
आइतबार टीयू मैदानमा गरिएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन्।
नेपालको टिममा आज एकजना खेलाडि परिवर्तन गरिएको छ। चोटका कारण दीपेन्द्र सिंह ऐरी मौदान बाहिर रहँदा उनको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन्।
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा सहितको नेपाली टिमले फाइनल खेल ओमानविद्ध बिहान ठिक ११ बजेपछि सुरु गर्नेछन्। नेपाल र ओमानबीचको आजको फाइनल खेद निकै रोमाञ्चक हुने देखिन्छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया