फिफा विश्वकप २०२६ छनोट: नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई निःशुल्क यातायात सुविधा

काठमाडौं । राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल साँझ ७ बजे दशरथ रंगशालामा सुरु गर्ने जनाएको छ।

फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ। तर आज घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ।

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेमा चारवटै खेलमा हार व्यहोरेको छ।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजे सञ्चालन गर्ने लागेको जनाएको छ। सोमबार प्रशिक्षक अनेसेले ७ बजे खेल सुरु गर्दा कार्यालय समय सकेपछि घरेलु दर्शकको समर्थन नेपाली टोलीलाई हुने भन्दै समर्थनको लागि दर्शकलाई रंगशालामा आगन आग्रह गरे।

यता, मंगलबारको लागि एन्फाले साँझ ७ बजे खेल राखेसँगै समर्थकहरुलाई घर फर्कन निशुल्क बसको व्यवस्था पनि गरेको छ। यसका लागि टिकटको अर्धकट्टी भने देखाउनुपर्नेछ। दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए।

“हामीले दर्शकहरुलाई घर फर्कन बसको व्यवस्था गरेका छौं। कति दर्शक उपसि्थत हुनुहुन्छ त्यहि अनुसार बस संख्या निर्धारण हुन्छ। अहिलेलाई रंगशालाबाट सुन्धारातर्फ, टेकुतर्फ र थापाथलीतर्फ बस लाम लगाएर राख्ने योजना बनाएका छौँ,” थापाले भने।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया