विराटनगर । उदयपुरमा भएको स्कुल बस दुर्घटनाका घाइतेमध्ये तीनजनाको मृत्यु भएको छ ।
बनभोज मनाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्नानजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका–५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकास चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा सिकिस्त घाइते भएका १२ जनालाई विराटनगर ल्याइएको छ । घाइते अन्य २५ जनाको उदयपुर सदरमुरकाम गाईघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विराटनगर । वनभोज मनाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा उदयपुरमा शनिबार २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा बालबालिका र अभिभावक पनि छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार वनभोज मनाएर फर्कने क्रममा बस दुर्घटना भएको हो ।
उक्त बसमा ३५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ ।
दुर्घटनालगत्तै घाइतेहरुलाई उदयपुर जिल्ला अस्पताल पु¥याइएको छ । सिकिस्त अवस्थाका केही घाइतेलाई सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया