काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ।
आयोगको स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको हो।
राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको हो।
आयोगका अनुसार १ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने छ भने १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ।
त्यस्तै २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया