बिहीबार बसेको मन्त्रीपरिषद्ले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा इन्जिनियर रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ ।
यस्तै सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको छ । गौतम ललितपुर महानगरका पूर्व प्राविधिक प्रमुख हुन् । यसैगरी गौतमले केयूकेलको एमडी/जिएमको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
नेपालभरकोे सरकारी तथा गैरसरकारी स्तरबाट खानेपानी तथा ढल निकास सेवा संचालन गर्ने संस्थाहरुले पेश गरेको महसुल निर्धारण प्रस्तावलाई अध्ययन, अनुमन मूल्याङकन गरी खानेपानीको महसुल निर्धारण गर्नु र सेवा संचालनको अनुगमन गर्नु आयोगको मुख्य काम हो ।
प्रतिक्रिया