फोन बन्द गरेर कतारबाट भाग्दै हमासका नेताहरु

दोहा। गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तिव्र पारेपछि हमासका नेताहरु कतार छोड्न लागेका छन्।

कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरु कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

अरबी एक टेलिभिजन च्यानलका अनुसार मंगलबार साँझ धेरै हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेको बताएको छ। उनीहरुले सकैको फोन कल रिसिझ नगर्ने तथा कसैको जवाफ नफर्काएको बताइएको छ। उनीहरु कतारबाट अज्ञात स्थानमा गएको बताइएको छ।

मंगलवार हमासका वरिष्ठ नेता सालेह अल–अरौरी लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो घरबाट भागेर उनी टर्की गएको बताइएको छ।

टर्कीले लामो समयदेखि हमास आतंककारीहरूलाई आश्रय र राहदानी प्रदान गर्दै आएको छ। यस्तो अवस्थामा हमास नेताहरू टर्की, कतार, लेबनान, सिरिया, इरान र युएईको राहदानीमा विदेश यात्रा गर्दै आएका छन्। टर्कि र कतारमा हमासको आफ्नै कार्यालयहरू पनि रहेका छन्।

इजरायलले कतारलाई हमाससँग वार्ता जारी रहेसम्म आफ्ना नेतामाथि आक्रमण नगर्ने आश्वासन दिएको थियो। तर, वार्ता सकिएपछि इजरायलले आक्रमणका सम्बन्धमा कुनै वाचा गरेको छैन। अब इजरायल र हमासबीचको वार्ता सकिएको छ। यस्तो अवस्थामा इजरायलले छिट्टै उनीहरूलाई निशाना बनाउँछ कि भन्ने डर हमासलाई छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया