काठमाडौं। बागमती प्रदेश सरकारले १० वटा अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश क्षेत्रका १० अस्पतालको स्तरोन्नति गर्ने र प्राविधिकसहित १६६९ कर्मचारीहरुको संगठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए।
उनका अनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई ३०० बेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको छ भने धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुली अस्पताल र चितवनको बकुलर अस्पताललाई १०० वेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको छ।
त्यस्तै, सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शैयाका अस्पतालकारुपमा स्तरवृद्धि गर्ने निर्णय भएको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया