इजरायल–हमास युद्ध: गाजामा झण्डै ६६ प्रतिशत रोजगारी गुम्यो

काठमाडौं। इजरायल–हमास युद्ध सुरु भएदेखि गाजामा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र प्यालेस्टिनी तथ्याङ्क कार्यालयका नयाँ तथ्याङ्कका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि गाजा पट्टीमा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन्। 

प्यालेस्टिनीहरूले गाजा पट्टीमा आफ्नो रोजगारी दुई तिहाइले घटेको देखेका आईएलओ र प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क ब्यूरो (पीसीबीएस) जानकारी गराएको हो। 

गाजाको रोजगारी बजारमा भएको विनाशकारी हानिले द्वन्द्वअघि नै नाकाबन्दीमा परेको इलाकामा विद्यमान डरलाग्दो अवस्थालाई बढाउने विज्ञहरुले बताएका छन्। 

गाजाका प्यालेस्टाइनीहरूले लामो समयदेखि गरिबी, जोखिम र विश्वको सबैभन्दा उच्च बेरोजगारी दरको निरन्तर उच्च दरको सामना गरिरहेको अन्तर्राष्ट्रियसञ्चार माध्यमले जनाएका छन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया