काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरु आफै बन्द भइरहेको अवस्थामा विद्युत लाइन काटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा उनले उद्यमी व्यवसायीहरु तड्पिरहेको अवस्थामा सरकारले विद्युत कटौतीको काम गर्न नहुने भन्दै सम्झौताबमोजिम काम गर्न आग्रह गरे।
उनले भने, “उद्योगहरु बन्द हुँदै छन्। झन् विद्युत लाइन काटेर उद्योग बन्द गर्ने, समस्यालाई संवादमार्फत् नटुङ्गाउने, लिने र दिनेको बीचमा सरकारले सम्बन्धित निकायहरुसँग बसेर तथ्य प्रमाणका आधारमा खपत गरेको विद्युतको महशुल लिने, खपत गरेको छैन भने नलिने गर्नुपर्नेमा सम्झौताएकातिर छ अर्कोतिर सरकारले पैसा हामीसँग भएन भनेर सम्झौताविपरीत काम गर्न भएन।” उनले सरकारले खपत नभएको र बिल नभएको विद्युतको पनि असुली गर्न लागेको आरोप लगाएका छन्।
उनले भने,“अहिले पनि देशमा कतिपय समस्याहरु छन्। अहिले डेडिकेटेड लाइनसम्बन्धी कुरा चलिरहेको छ। डेडिकेटेड लाइन उद्यमी व्यवसायीहरुका लागि छ। पुरानो कुरा, बिलमा नभएको कुरा सरकार असुल गर्न खोज्दै छ। त्यो कसरी असुल गर्ने ? डेडिकेटेड लाइन त जोड्यो तर लोडसेडिङ गरेर, लाइन जोडेर मात्र त विद्यतु खपत हुँदैन।” (नेपाल न्यूज बैंक)
प्रतिक्रिया