सन्दीप लामिछाको मुद्दामा आजै फैसला आउन सक्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि बहस जारी रहने छ । 

बुधबार वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए ।  आज सन्दीप पक्षका वकिलहरु बहस गर्नेछन् । 

बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जवाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया