मन्त्री ज्वालाको गाडीमा आगजनी

काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका छन्।

प्रदर्शनमा उत्रिएका युवाहरुले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

“ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनि गरेका छन्। प्रहरी टोली पनि त्यहाँ पुगेको छ। थप विवरण आउन बाँकी छ”, उनले भने। अहिले कोटेश्वर–बालकुमारी क्षेत्र तनावग्रस्त छ।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया