काठमाडौँ। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई जना आन्दोलनकारीको मृत्यु भएको छन्। २३ वर्षीय युवा सुजन राउत र अर्का वीरेन्द्र साहको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो।
उक्त घटनामा घाइते भएका अर्का वीरेन्द्र साहको युवाको पनि उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए।
प्रतिक्रिया