सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले उनलाई दोषी ठहर गरेकोजानकारी दिए। अदालतले सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अर्को पेशी तोकेको छ।
१६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।
गौशालास्थित एक होटलमा लगेर गएको वर्ष भदौ ५ गते नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
गएको आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो।
सन्दीपविरूद्ध गतवर्ष भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
प्रतिक्रिया