भारत लैजान लागेको तीन क्वीन्टल गाँजासहित दुई पक्राउ

विराटनगर। ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो।

सुनसरीको कोशी गाउँपालिका–६ बाट आइतबार राति पक्राउ पर्नेमा भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपालिका–५ का महोमद सागर मियाँ छन्।

को २ त ६८९० नम्बरको ट्याक्टरमा राखेर गाँजा भारततिर लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए।

८ वटा बोरा र ससाना पोकाहरुमा राखेर गाँजा ट्याक्टरमा लोड गरिएको पाइएको थियो। उक्त गाँजा पहाडी जिल्लाबाट सुनसरी ल्याएर भारत तस्करी गर्न लागिएको पाइएको प्रहरीको भनाइ छ।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया