धान उत्पादनमा यो वर्ष उल्लेख्य वृद्धि

विराटनगर। अन्न उत्पादनका लागि उर्बर मानिने कोशी प्रदेशमा यो वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। यो प्रदेशमा हालसम्मकै बढी धान उत्पादन भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ। यो हालसम्मकै बढी उत्पादन भएको जनाइएको छ।

आर्थिक वर्ष २०७७–७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ।

यस वर्ष धान लगाइएको क्षेत्रफल केही घटेको भए पनि उत्पादकत्व बढ्दा उत्पादनमा सकारात्मक प्रभाव परेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए।

कोशीमा यो वर्ष एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ। 

उन्नत जातको बिउ प्रयोग भएको, रोगको प्रकोप उति नपरेको, मल समयमै उपलब्ध भएको साथै मौसम अनुकूल भएकाले उत्पादनमा उल्लेख्य बृद्धि भएको जनाइएको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया