काठमाडौँ। अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका छन्। दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गरेका हुन्।
यससँगै उनले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गरेका छन्। तलब विवादलाई लिएर सुरु भएको दंगाले राजधानी पोर्ट मोरेस्बी र देशको उत्तरमा लाइमा ठूलो क्षति पु¥याएको छ।
मारापेले शान्तिका लागि जनतालाई अपिल गर्दै सरकारले दंगाको कारणबारे समीक्षा गरिरहेको बताए। शान्ति सुरक्षा कायम गर्न थप प्रहरी परिचालन गरिएको छ। देशका प्रहरी प्रमुखका साथै अर्थ र कोष विभागका वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ। उनले तलब कटौतीमा प्रशासनिक अनियमितता भएको आरोप लगाए।
बुधवार राजधानी पोर्ट मोरेस्बीमा सयौं पुलिस अधिकारी, सिपाही, जेल कर्मचारी र निजामती कर्मचारीहरूले तलब कटौतीलाई लिएर आफ्नो जागिर छोडेपछि ठूलो विरोध प्रदर्शन भएको थियो। यस अवधिमा देशमा अराजकता फैलियो र दंगा मच्चिदा १६ जनाको मृत्यु भएको थियो।
राजधानी पोर्ट मोरेस्बीमा भएको दंगाका धेरै भिडियोहरू बाहिर आएका छन्। यसले राजधानी पोर्ट मोरेस्बीको सडकमा हजारौं मानिसहरू देखाउँछन्। तीमध्ये धेरैले लुटिएका सामान बोकेर बसेका छन्। साथै, सहरमा कालो धुवाँ देखिन्छ। सुन र तामा खानी देशको उत्तरी भागमा पर्ने पोर्ट मोरेस्बीमा भएको दंगामा नौ जना र लाईमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया