काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ। १०२ वर्षीया पोखरेलको काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा मंगलबार बिहान ४ बजे निधन भएको हो।
उनी स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी धर्मपत्नी हुन् भने संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोखरेलकी आमा हुन्।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि गोवर्द्धन सँगसँगै खटिएकी उनको नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण योगदान छ। वि.सं. २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी उनी २०१८ सालको जनक्रान्तिमा स्वर्गीय गोवर्द्धन पोखरेलको पञ्चातले सर्वस्वहरण गर्दा साथै गिरफ्तार भएकी थिइन्। उनीहरुलाई पैदलै हिडाएर पोखरा हिरासत पु¥याइएको थियो।
गोवर्द्धनको निधन भएपछि द्रौपदा गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष तथा संरक्षक समेत रहेकी थिइन्। उनको मंगलबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया