'गुटबन्दीले छलाङ मार्‍यो'

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी केन्द्रीय कमिटी बैठकले गरेको नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’

ओलीले आइतबार केन्द्रीय कमिटी बैठकमार्फत नेताहरूको कार्यविभाजन गरेका छन् । एमालेको दुई दिनसम्म चलेको बैठकले केन्द्रीय सदस्य मनोनयनदेखि पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, विभागको जिम्मेवारी बाँडफाँट गरेको छ ।

 

 

 

 

प्रतिक्रिया