मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरी हरनाज सान्धूले जितेकी छन् । ७० औंं मिस युनिभर्सको ताज जित्न उनी सफल भएकी हुन् । योसँगै भारतले २१ वर्षपछि यो उपाधि जितेको हो ।
२१ वर्षीया सान्धूले मोडलिङ सँगसँगै प्रशासनमा स्नातकोत्तर गर्दैछिन् । उनले २१ वर्षपछि यो गौरवशाली ताज भारत फिर्ता ल्याउन पाउनु मेरो लागि निकै गर्वको कुरा बताएकी छन् ।
यसअघि सन् २००० मा अभिनेतृ लारा दत्ताले यो उपाधि जितेकी थिइन् । इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिइन् ।
प्रतिक्रिया