निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न लिङ्देनलाई कमल थापाको पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउँदै महाधिवेशनका क्रममा भएको पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।

सोमबार अध्यक्ष लिङ्देनलाई चार बुँदै पत्र लेख्दै राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएको भन्दै यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न आग्रह गरेका हुन् ।

उनले निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि बताएका छन्। पत्रमा भनिएको छ, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानविन समिति बनाउनु होस् । हस्तक्षेपको भत्र्सना गर्नुहोस्, भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस्।’

राजसंस्था र पार्टीलाई ’रिमोट कन्ट्रोल’बाट चलाउन चाहने निर्मल निवासको योजनाबारे पार्टीभित्र बहस शुरू गर्न माग गर्दै उनले यसो भएमा मात्रै पार्टी एकता कायम रहने जिकिर गरेका छन् ।

प्रतिक्रिया