फागुन १ गते बिदा छैन: गृह मन्त्रालय

काठमाडौँ। सरकारले जनयुद्ध दिवस पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य फिर्ता गरेको छ।

सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मनि्त्रपरिषद्ले सार्वजनिक बिदा दिन गरेको निणर्यलाई फिर्ता लिएको जनाएको छ। ‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख गरिएको थियो। तर, सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि गृहले आज विदा नदिइएको जनाएको हो।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया