‘डीपफेकले चुनावी परिणाम नै बदल्न सक्छ’

काठमाडौँ। प्रविधिको विकाससँगै पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण, कृषिदेखि अन्तरिक्ष अन्वेषणसम्मका क्षेत्रमा मानिसहरुलाई साथ दिने देखिन्छ।

एआईबिना अब कतिपय कामहरु असम्भव जस्तै देखिन थालेका छन्। तर एआईको सदुपयोग गर्न सके जति फाइदा छन् त्योभन्दा बढी यसको दुरुपयोगका जोखिम पनि छन्। पछिल्लो समय राजनीतिज्ञदेखि सेलीब्रिटीहरु आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले उत्पन्न गरेको डीपफेक भिडियो र फोटोको सिकार बन्न थालेका छन्।

आगामी अप्रिल १० मा दक्षिण कोरियामा हुन गइरहेको संसदीय निर्वाचनमा समेत एआई प्रत्यक्ष प्रभाव पार्ने भन्दै विशेषज्ञहरूका बीचमा चिन्ता बढाएको छ। दक्षिण कोरियाको राष्ट्रिय निर्वाचन आयोग (एनईसी)ले जनवरी २९ देखि फेब्रुअरी १६ सम्म डीपफेक टेक्नोलोजी प्रयोग गरी चुनाव सम्बन्धी एक सय २९ वटा घटनाहरु भएको जनाएको छ।

सोमबार एक सूचना जारी गर्दै एनईसीले सार्वजनिक भएका घटनाहरु आधिकारिक निर्वाचन ऐनविपरीत रहेको जनाएको हो। डीपफेक भनेको कुनै पनि विषयको गहिरो अध्ययन गरि कुनै पनि अडियो, भिडियो तथा तस्बिरहरुलाई नजिकबाट नक्कल गरि उस्तै देखिने अथवा सुनिने बनाउनु हो। 

एआईद्धारा उत्पन्न सिंथेटिक सामग्रीहरु विभिन्न क्षेत्रहरूमा उपयोगी साबित भएको छन्। यद्यपि राजनीतिमा यसको शोषण, विशेष गरी गलत सूचनाको प्रसारका लागि, सरकारी अधिकारीहरू र नीति निर्माताहरूका लागि महत्वपूर्ण चुनौती प्रस्तुत गरेको पाइन्छ। 

“सबैभन्दा चिन्ताजनक परिदृश्यमा चुनावको एक दिनअघि उम्मेदवारलाई बदनाम गर्ने गहिरो फेक भिडियो अपलोड गरिएको छ। जसलाई लाखौं नागरिकले हेरेका छन्। छोटो समयमा यसको अध्ययन गरि प्रमाणित गर्न समय सम्भव हुँदैन,” सियोलमा रहेको एआई नैतिकताको अध्ययन गर्ने गैर–नाफामुखी समूहका अध्यक्ष जिओन चाङ–बाएले भने। 

एआई–उत्पन्न गलत सूचनाले मतदाताहरूको धारणामा ठूलो प्रभाव पार्न सक्ने सियोल वुमेन्स युनिभर्सिटीकी सूचना सुरक्षाका प्राध्यापक किम म्युङ–जूको भनाइ छ। 

“डिपफेक भिडियोहरू सिर्जना गर्न अलि जटिल छ, तर जो कोहीले पनि मोबाइल एप प्रयोग गरेर डिपफेक बनाउन गर्न सक्छ। यसले केवल १० मिनेट लिन्छ। यसको मतलब यो हो कि राजनीतिक युट्युबरहरुले वा ब्लगरहरूले सजिलैसँग यो प्रविधि प्रयोग गरी आफूले मन नपराउने राजनीतिज्ञहरूको बारेमा गलत जानकारी फैलाउन सक्छन्,” उनले भनिन्। 

दक्षिण कोरियाका लागि डीपफेक प्रविधि नौलो भने होइन। सन् २०२२ मा भएको राष्ट्रपतिको निर्वाचनको अभियानका क्रममा उम्मेदवारहरू युन सुक येओल र ली जे–म्युङले आफ्ना घोषणापत्र जारी गर्नदेखि लिएर मतदाताहरूलाई अपील गर्न आफ्नै एआई उत्पादित अवतारहरू प्रयोग गरेका थिए। 

त्यस्तै, मे २०२२ मा स्थानीय चुनावको क्रममा समेत केही उम्मेदवारलाई समर्थन गरेको देखाइएको हेरफेर गरिएको भिडियो क्लिप सोसल मिडियामा राखिएका थिए। जसले दर्शकहरूलाई राष्ट्रपतिले राजनीतिक रूपमा तटस्थ रहन असफल भएको भनी गलत रूपमा विश्वास गर्न बाध्य पारेको थियो।

भर्खरै, युट्युबमा अपलोड गरिएको एक गहिरो फेक भिडियोले सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी)का अन्तरिम नेता हान डोङ–हुनलाई पत्रकार सम्मेलनमा उदारवादीहरूलाई गुन्डाहरूसँग तुलना गरेको चित्रण गरिएको छ। यसरी डीपफेकका घटनाहरुको सामना गरेपछि कोरियाको एक विशेष संसदीय समितिले निर्वाचन ऐन नै संशोधन गर्नुपरेको छ। 

जसमा चुनावी मौसममा एआई–उत्पन्न डिपफेकहरू प्रयोग गर्ने राजनीतिक अभियान सामग्रीलाई निषेध गर्ने उल्लेख छ। संशोधित कानुनअन्तर्गत चुनावका लागि अग्रसर गर्ने ९० दिनको विन्डोभित्र डीपफेक टेक्नोलोजी प्रयोग गरी सिर्जना गरिएको राजनीतिक अभियान भिडियोहरू वितरण वा प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई सजाय हुने बताइएको छ। जसअन्तर्गत अधिकतम सात वर्षको जेल सजाय वा ५० मिलियन वोनसम्मको जरिवाना तिराइने छ। (नेपाल न्युज बैंक) 

प्रतिक्रिया