काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेससहित दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयार भएका छन् ।
आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । सोमबार विहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टा–छुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो ।
नेताहरूले आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने जनाएका छन् ।
एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘आजै सरकार परितर्वन र नयाँ मन्त्रिपरिषद् बन्दैछ । सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ,’ उनले लेखेका छन् ।
अलग–अलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् ।
प्रतिक्रिया