काठमाडौँ। शनिबार बालमैत्री प्रतिष्ठान गोदावरी न.पा. १ को १२औँ र बालमैत्री प्रतिष्ठान हरिसिद्दिको ४औँ दिक्षान्त समारोह सम्पन्न भएको छ।
समारोहमा डा. तोसिमा कार्कीको प्रमुख आथित्यता र ललितपुर महानगर वडा नं २९ का वडा अध्यक्ष गणेश महर्जन तथा अभिभावकको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमको स्वागत गित ‘रातो र चन्द सूर्य’ बाट सुरू गरिएको थियो। कार्यक्रममा नेपाली लोक गित रिमै, कमल फुल तथा अंग्रेजी गिता समावेश गरिएको थियो।
आफ्नो वाल्यकाल स्मरण गर्दै पहिलो विद्यालय घर र दोसो घर विद्यालय रहेको हुदा आजको समयमा आफ्नो नानीबाबुको लागि समय निकाल्न अनुरोधका साथै नानीबाबुको अगाडि के गर्न हुन्छ र के गर्न हुदैन भन्ने कुराको जानकारी दिइन्।
स्वागत मन्तव्य स्कुलका प्रधानाध्यापक बबिता बिष्टले अभिभावक ज्यूको साथ सहयोग र बिस्वासले आजको १२औ दीक्षांत समारोह सम्म आईपुग्दा सबैलाई धन्यबाद दिईन्।
ललितपुर महानगर वडा नं २९ का वडा अध्यक्ष गणेश महर्जनले सस्थापकको फोटो हेरि भाबुक हुदै आफ्नो गुरुको विद्यालयको विशेष अथिति हुन पाउँदा खुसि हुदै आफ्नो गुरुको कार्यक्षेत्र पुन छोरा बुहारीबाट विद्यालय संचालन गरेकोमा बधाई र सफलताको शुभकामना दिएका थिए। आफू वोनम्यारो क्यान्सर पीडित हुदा हिमतका साथ वडा बासिको सेवामा लागेको जानकारी गराए।
कार्यक्रममा संस्थापकका कान्छा छोरा पबिन जंग थापाले आजको समय र चुनौतिमा बालवालिकाको नैसर्गिक बिकास र शैक्षिक गुणस्तर बाल मनोविज्ञान अनुसारको शिक्षा आवश्यक रहेको र यहि अनुसार विद्यालय रहने जानकारी दिदै उपस्थित सबैलाई धन्यबाद दिए।
प्रतिक्रिया