ट्याटु खोपाएर जम्मा भएको रकम अटिजम भएका बालबालिकाका लागि सहयोग

काठमाडौँ : ट्याटु खोपाएका युवायुवतीले  समाजमा केहि व्यक्तिहरुले आफूहरूप्रति नराम्रो दृष्टिकोण राख्ने गरेपनि सकारात्मक  काम गरेरै परिवर्तन ल्याउने  अठोट गरेका छन् ।

काठमाडौंमा कलादृश्य नेपालद्वारा आयोजित तीनदिने ट्याटु मह‍ोत्सवमा युवायुवतीको घुईँच‍ो लागेको थियो।    

महोत्सवका आयोजकहरूले सेवाग्राही मार्फत् उठेको रकम अटिजम भएका बालबालिकाका लागि सहयोग गर्ने जानकारी दिए ।

आयोजकमध्येका ट्याटु आर्टिस् राजु लामाका अनुसार,  अटिजम भएका बालबालिकाका लागि गोकर्णमा स्थापित न्यू लाइफ नेपाललाई  उपलब्ध गराइने बताए ।

महोत्सवमा  ग्राहकको  रोजाईका कलात्मक चित्र खोपाउन १ सय जना ट्याटु चित्रकार व्यस्त थिए ।  ५० वटा स्टलमा दैनिक ६० जनाको हाराहारीमा  प्रत्येक स्टलमा सेवाग्राही आएको लामाले जानकारी दिए  । 

सरकारले  ट्याटु चित्रकारलाई चित्रकारको मान्यता  नदिएको उनीहरूको  गुनासो छ  । चित्रकारको मान्यता नदिएकै कारण राज्यले राजस्व समेत गुमाएको उल्लेख गरे ।

 आगामी महिनामा हुने अन्तर्राष्ट्रिय ट्याटु महोत्सवमा अहिले छानिएका आर्टिस्स सहभागी हुनेछन् ।

tattootattootattoo

प्रतिक्रिया