सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ। 

छापावाला सुन बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ। 

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। चाँदी आज तोलामा ३५ रुपैयाँ बढेको छ। बुधबार १ हजार ५२० रुपैयाँ मूल्य कायम रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँ पुगेको छ।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया