केशवप्रसाद भट्टराई ।
१. प्रधानमन्त्रीले पार्टी सभापतिको चुनाव जित्नुभयो, हार्दिक बधाई ! तीन तीनवटा चुनावको मुखमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति हार्नुले राष्ट्रिय राजनीतिमा र काङ्ग्रेसमा पर्ने असर सजिलो हुन्न थियो होला ! जित्नु भयो, राम्रो भयो ।
२. तर पार्टीको नेता शेखर कोइराला बन्नु भयो । पार्टी र सरकारमा कहिल्यै कुनै पदमा नरहेका, कुनै ठूला र शक्तिशाली नेताको छोरा भएर राजनीतिमा नआएका शेखर कोइराला पाँच पटकका प्रधानमन्त्री, तीन पटक पार्टी सभापति अनि सरकार र पार्टीमा ठूला र शक्तिशाली हैसियतमा रहेका, दशकौँसम्म पद र शक्तिमा रहेका वंशको समेत बल भएकाहरू सवैलाई राजनीतिक र नैतिक रूपमा हराएर नेता बने !
३. त्यसैले सभापति शेरबहादुर देउवा र पार्टीका नेता शेखर कोइराला । सभापतिजीले अव कसैसँग राजनीतिक मोलमोलाई नगरी ढुक्क भएर काम गरे हुन्छ । शेखर कोइरालाले पौडेल र सिटौलाहरूले जस्तै भागबन्डा नमाग्लान, पाइलै पिच्छे अड्को थापेर पाइला चाल्नै नदिने अनि कुनै कुराको जिम्मेवारी नलिने नगर्लान्, स्वत्रन्त्र रूपमा काम गर्न देलान् ।
उनी रामचन्द्र पौडेल र कृष्ण सिटौलाका उत्तराधिकारी नभएर काङ्ग्रेस भित्र नयाँ काङ्ग्रेस खोज्नेहरूका नेता भइरहन सकुन् । काङ्ग्रेसमा ठूलो सपना देख्नेहरूका एक छत्र नेता देखिए र यो भूमिकामा स्थापित रहिरहन सकुन् । मूख्य कुरा, उनले समयको नेतृत्व गरे । युवा काङ्ग्रेसीहरूको सपनाको नेतृत्व गरे । त्यसैले नेता बने ।
लेखकको फेसबुकबाट ।
प्रतिक्रिया