बाढी आएपछि बगर खुल्ने रहेछ
तृष्णा बोकेर कर्तव्य भुले झैँ ।
समाधान त समश्या पछि खुल्ने रहेछ
पानी रोकिएपछि जगत खुले झैँ ।
विरह गाउँदा जिन्दगीले निराशाको
कहिले त आशा भर्छ परिवेशले ।
प्यादा बनेर अल्झिँदा परिस्थितिमा
संकल्पको बाचा गर्छ जिन्दगीले ।
यात्रामा यात्री नै अतालिन्छ
अन्धकारमा पुगेपछि उज्यालो हराए झैँ
ज्ञानले अनुभूतिको विकल्प खोज्दछ
ओस भेट्न प्यासीले मरूभूमि डुले झैँ ।
कहाँ कम छ र जिन्दगी मपाइत्वमा
घुट्का लाउँछ पानीको ओस चाट्दैन तिर्खामा
जन्म् र मृत्युको अनिश्चत विराट चक्रमा
मान खोजेर बेइमान बाँच्दछ दुष्चक्रमा ।
सिधा बाटो सोधिरहन्छ जिन्दगी
गति शिथिल नहुँदै पुग्न प्रगतिको पक्षमा
छोट्याउँदा लम्बिने तृष्णाको घुमौरो पथ यो
खोइ समीकरण १ जीवनको प्राप्ति र लक्ष्यमा ।
आधार बन्दछ आशा जिजिविशाको
तन वैशालु भएपछि लाली खुले झैँ
तीर गडतिरमा अल्पिन्छ निशाना चुके पछी
फूल खस्दछ जमिनमा हाँगामा फल झुकेपछि ।
प्रतिक्रिया