काठमाडौँ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बध्द बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ।
गृहसँग सम्बध्द केही बिषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान व्यूरो (सीआईवी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ।
राज्य व्यवस्था समितिका सदस्य रहीसकेका सांसद रबि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन्। गृहमा उनकै बिरुध्दमा कार्बाहीको माग गर्दै केही निवेदनहरु परेका छन्। त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ।
संवैधानिक परिषद ऐनमै संशोधन गर्ने भनेर छलफलकै चरणमा रहेको विधेयक सत्ता समीकरण फेरबदल भएपछि अडि्कएको छ भने दलहरुको अडान अब के हुने भन्ने पनि अस्पष्ट रहेको बुझिएको छ।
समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री छन्। गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुबीर महासेठ उपप्रधानमन्त्री छन्। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया