काठमाडौँ। सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्दैछ।
महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गर्न अहिले संवैधानिक परिषद्को बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका छन्।
परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ।
लेखा पृष्ठभूमिका राया हाल प्रधानमन्त्री तथा मनि्त्रपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्। सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा हुँदादेखि नै महालेखापरीक्षकमा अडान लिँदै आएका थिए।
महालेखा परीक्षकका लागि राय र शिशिर ढुंगानाको चर्चा भइरहेको थियो। दुबै जना ओलीनिकट हुन्। बैठकले निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त व्यवस्थापन आयोगमा समेत एक–एक सदस्य नियुक्त गर्ने जनाइएको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया