काठमाडौँ। प्रधानमन्त्रीले गृह मन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले, गृह लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधिस बन्न खोजेको. र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गरेको बताए।
उनले भने, “प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौं न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो क्लीन चिट दिने प्रयास गर्नुभयो। सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गर्नुभयो। यसले गर्दा हामीले उठाएको मुद्दाहरुमा गम्भीर प्रशन जन्मिएको छ।”
उनले गृह मन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए। कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ।
उनले भने, “गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम बुटवलका चितवनका पोखराका सहकारीमा जम्मा भएका दर्जनौ सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ। आज त्यो मिडिया सञ्चालनमा पनि छैन। अब त्यो विषयमा कस्ले जवाफ दिने हो ? पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ। यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो।” (नेपाल न्यूज बैंक)
प्रतिक्रिया