सम्पादकीय

उन्मूलन गर राजनीतिक दलभित्रको दासप्रथा

‘राजनीति फोहरी खेल हो’ भन्ने भनाई नेपालमा मूलमन्त्र झैं जपिँदैआएको छ । राजनीतिमा क्रियाशील जनशक्तिले यही मन्त्र जप्दै आयो । ०७७ सालको क्रान्ति र त्यसपछिका सबै दशकमा यो मन्त्र जप्न छाडिएन । राजनीति फोहरी खेलकै रुपमा अघि बढ्दै गयो, अभ्यास पनि त्यसै अनुरुप गरिँदै आयो, अभ्यास गरिरहिएकै छ। 

लोकतन्त्र त क्लास बंक गरेर बरालिँदै हिँडेको अल्लरे जस्तो हुँदैगएको छ । दिगो शान्ति, समृध्दि र स्थायित्वको प्रवन्ध भएपछि ‘सुखी नेपाली समृध्द नेपाल’ को अभिलाषा थियो लोकतन्त्रसँग। संघीय लोकतान्त्रिक गणतन्त्र चुनेपछि संविधानसभाबाट घोषणा भएको संविधानको अक्षर, भावना, मर्म र प्रवन्धहरुको पूर्ण पालना भएर देश रामराज्य बन्ने दिशातिर बढ्ने आशा थियो।

‘राजनीति सम्भावनाहरुको खेल हो’ भनेर कसैले पनि भनेन, सोचेन र कल्पना पनि गरेन। असम्भव झैं ठानिएका उपलव्धि हासिल गर्न राजनीति एक अभूतपूर्व साधन हो भनेर कसैले पनि मानेन, स्वीकारेन। सुदूरभविष्यमा देश र जनताको मुहार बदल्न सकिन्छ भनेर कसैले सम्भावनाको खाका पनि कोरेन। खाका कोर्नु त कता हो कता सपनासम्म पनि देखेन। सबैले त्यही रुढिग्रस्त मन्त्र जप्दैरहे जप्दै आए, ‘राजनीति फोहरी खेल हो’।

कोही उमेरले युवा हुँदैमा उसको सोचविचार र अठोट पनि युवा नै हुन्छ भन्ने छैन। अनुभव र करिअरले लामो क्रियाशिलता भएको हुँदैमा कोही दूरदर्शि हुन्छ भन्ने पनि नहुने रहेछ। अटल आँट, आत्मविश्वास र भरोसा जगाउन सक्ने आशावादी सपनाहरु बोकेको छ भने त्यो मात्र फोहर भनिँदैआएको राजनीति सफा गर्न सक्ने सम्भावित नेता हुनसक्ला। तर सपना देख्न गहिरो निन्द्रा आवश्यक पर्छ, गहिरो निन्द्रा निदाउन मन, चित्त र जीवनचर्या शुध्द हुनुपर्छ। शुध्दता निम्ति यात्राको प्रारभ्म नै योजनावध्द हुनुपर्छ। हाम्रो राजनीतिमा यसको खडेरी छ।

local people

लोकतन्त्र स्थापनाको १८ वर्ष भएको छ। मनुष्यचोलामा भए एउटा लक्का जवानको उमेर हो यो। उच्च शिक्षा आर्जन गर्न तयारी गर्दैगरेको एउटा विद्यार्थीको उमेर। इन्द्रेणी सपनाहरुको सूचि बोकेर त्यसलाई हासिल गर्ने अठोट बोकेको एक स्वप्नदर्शी युवाको उमेर हो यो भन्दा अन्यथा नहोला। 
यता लोकतन्त्र ! 

लोकतन्त्र त क्लास बंक गरेर बरालिँदै हिँडेको अल्लरे जस्तो हुँदैगएको छ । दिगो शान्ति, समृध्दि र स्थायित्वको प्रवन्ध भएपछि ‘सुखी नेपाली समृध्द नेपाल’ को अभिलाषा थियो लोकतन्त्रसँग। संघीय लोकतान्त्रिक गणतन्त्र चुनेपछि संविधानसभाबाट घोषणा भएको संविधानको अक्षर, भावना, मर्म र प्रवन्धहरुको पूर्ण पालना भएर देश रामराज्य बन्ने दिशातिर बढ्ने आशा थियो।

निर्वाचनहरु भए, जनताले आफ्नो मताधिकार प्रयोग गरे। तीन तहका सरकारहरु पनि चुने। रोजेका प्रतिनिधि पनि राजकाजमा पठाए। तर राजकाज गर्न पठाईएका प्रतिनिधिले मताधिकारको सम्मान र सदुयोग गरेनन्, गर्न ढंग पनि पुर्याएनन्। जनतामाथि भरोसा गरेर देशको शासनव्यवस्था सञ्चालन गर्दै पध्दतिको जग बसाउँदै अघि बढ्नुपर्ने नेतृत्व सदैव परस्पर वैमनष्यता बढाउन उद्यत रह्यो। कसैगरी सत्तामा पुग्नु एकमात्र लक्ष्य बनिरह्यो। त्यसखातिर वाञ्छित अवाञ्छित, सिध्दान्तहीन र अस्वाभाविक साँठगाँठ नै भैरह्यो। राजनीति फोहरी खेल हो भन्ने रुढिग्रस्त भनाईलाई सिध्द गर्न नेतृत्व वर्ग हरहमेसा दत्तचित्त भएर  क्रियाशील रह्यो। आजपर्यन्त त्यो प्रवृत्ति जिउँदै छ। कुनै दलविशेषको प्रसंग होइन, पटक पटक जनमत पाएका सबैजसो दलहरु यो प्रवृत्तिबाट ग्रसित छन्, रुग्ण छन्।

सत्तामा पुगेर कैयौं चरीत्रगत रुपमा स्खलित हुनपुगे भने कतिपय आर्थिक अपचलनको आहालमा डुब्न पुगे। तस्करी, कमीसन, अवाञ्छित उठबस र आफ्नै नागरिकलाई देशको नागरिकता त्याग्न लगाएर अर्कै देशको नक्कली नागरिक हुन राजी गराउने जस्तो अत्यन्त निन्दनीय र निम्नकोटीको घृणित कारोबारमा समेत लोकतन्त्रका लागि योगदान गरेका नेताहरु प्रत्यक्ष संलग्न भएका घटना पनि नेपाली जनताले व्यहोर्नु पर्यो। यसरी नेतृत्वले राजनीतिलाई फोहरी खेल नै हो भनेर व्यवहारबाटै परिपुष्ट गरे, अझै पनि त्यस्तो दूषित खेलबाड थामिईसकेको छैन। 

विगतका यस्ता बिर्सनलायक घटनाहरुलाई बिस्मृतिमा राखेर अब नयाँ सोचविचार र व्यवहारबाट अघि बढ्नुपर्ने छ। राजनीतिलाई सम्भावनाको खेल हो र यसैलाई साधन बनाएर सपनाहरु पूरा गर्न सकिन्छ भन्ने नवीन सोचको बिकास गरेर क्रियाशील हुनुपर्छ।

राजनीतिमा निराशा मात्रै छैन, त्यहाँ आशाको सम्भावना पनि प्रशस्त छ। राजनीतिमा सक्रिय ठूलो जनशक्तिमा प्रतिभाको कुनै कमी छैन तर सँगसँगै उनीहरुमा विरक्ति र विसाद पनि छ । यसको खास कारण हो राजनीतिक संगठनहरुभित्र झाँगिईरहेको अपवित्र चाकरीप्रथा र काखापाखाको व्यवहार।  नेतृत्व वर्गको दिनचर्या र आहार, विहार र व्यवहारमा शुध्दताको अभाव। लोकतन्त्रको आवरणमा पन्पिदै गरेको दासप्रथाको उन्मूलन नभैकन दलहरुमा रहेका प्रतिभाको उपयोगिता सम्भव छैन।

युवा भनेर पुकारिने नेतृत्व वर्गले राजनीतिलाई सम्भावनाको खेल हो भनेर सिध्द गर्ने आँट छ भने आआफ्ना दलभित्र विद्रोहको बिगुल फुक्न हिच्किचाउनु हुँदैन। फोहर गन्हायो भनेर कतिदिनसम्म नाक छोपेर हिँडिरहने। एकपटक हात फोहर पार्न घिनाउनु हुँदैन, त्यसपछि फोहर सदाका लागि सफा हुन्छ। यो वर्गको नेतृत्वमा एकपटक हात फोहर पार्ने साहस जुट्यो भने मात्र राजनीति फोहरी खेल होइन भनेर सिध्द गर्न सम्भव छ, सकिन्छ पनि। 

लोकतन्त्र वयस्क हुँदै गर्दा यसलाई बलिष्ठ बनाउन विगतका राजनीतिक व्यवहारबाट सिर्जित अशुध्द उदाहरणहरुलाई पाठका रुपमा ग्रहण गर्न जरुरी छ। दलका शीर्ष नेता र भविष्यमा शीर्ष हुने सम्भावना भएका अरु नेताले निर्मम समीक्षा गर्न तयार हुुनुपर्छ। लोकतन्त्र दिवस त्यसका लागि उपयुक्त र महत्वपूर्ण अवसर हो। 

 


 

प्रतिक्रिया