काठमाडौँ। काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्टइन्डिज ‘ए’ले २ सय २८ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको हो।
उसका लागि ओपनर जोन्सन चार्ल्सले ११९ रनको शतकीय पारी खेले। त्यस्तै, आन्द्रे फ्लेचरले ५३ रन र फाबियन एलनले १९ रन बनाए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया