काठमाडौँ। काठमाडौँमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्टइन्डिज ए सँग ७६ रनले पराजित भएको छ।
वेस्टइन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो।
नेपालका लागि करण केसीले सर्वाधिन २८ रन बनाए। त्यस्तै लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, आरिफ शेखले ३, गुल्झन झाले ६, विवेक यादवले ३ र दीपेन्द्र सिंह ऐरीले ७ रन, कमल सिंह ऐरीले ६ र सागर ढकालले ३ रन बनाए।
यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो।
वेस्टइन्डिज ए का लागि जोह्नसन चार्लीज्ले अविजित शतकीय पाली खेलेका थिए। ६१ बलमा उनले १३ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै अन्द्रे फ्लेचरले ५३, फेबियन अलुलेनले १९, अलिक एथेन्जेले १७ र किमो पलले १३ रन बनाए। नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए।
यससँगै वेस्टइन्डिज ए ले शृंखलालाई २–१ को स्थितिमा पु¥याएको छ। पहिलो खेलमा विजयी भएको नेपाल पछिल्लो दुवै खेलमा पराजित हुन पुग्यो। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया